सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि डिजाइनको काम जारी छ । ९ महिनाभित्र डिजाइन सक्ने गरी काम अघि बढाइएको सडक विभागले जनाएको छ । ५ वर्षको ठेक्का अवधिमा ९ महिना डिजाइनलाका लागि छुट्याइएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यलाई तीव्रता दिन निर्माणस्थलमा विस्फोट गराउने तयारी गरिएको छ । जिल्ला सुरक्षा समिति पाल्पा र रुपन्देहीको बैठकले जेठ १३ देखि विस्फोटको काम गरेर सुरुङमार्ग निर्माणलाई तीव्रता दिइने जनाएको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराउने स्वीकृति मागेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । विस्फोटका समयमा सीमित अवधिका लागि सिद्धार्थ राजमार्गमा सवारी आवागमन बन्द हुने उहाँले बताउनुभयो ।
१८ चैत, काठमाडौं । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको साढे दुई महिनामा ४५ मिटर खनिएको छ । आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघबाट औपचारिक सुरु भएको थियो । पछिल्लो अपडेट अनुसार […]
११ फागुन, काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो । यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ । […]
सिद्धबाबा सुरुङमार्ग निर्माणले नयाँ वर्षदेखि गति लिने भएको छ । स्विस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी)ले डिजाइन र रिभ्यूमा अध्ययन गरेर चैत भित्र बुझाउने भएसँगै वैशाखबाट सुरुङमार्गले गति लिने विश्वास लिएको छ । निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पुसमा ड्रोइङ र डिजाइनमाथि बुझाएको थियो भने स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी)ले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेको छ […]
सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी पुस अर्थात् जनवरीबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ड्रइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्ममा बुझाउने समय सीमा भएकाले आयोजनाको निर्माण कार्य सन् २०२३ को जनवरीबाट सुरु हुन भएको हो ।निर्माण कम्पनीले डिसेम्बरभित्रै बुझाउने गरी डिजाइन र ड्रइङको काम गरिरहेको सुरुङमार्ग आयोजना […]
सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ ।विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइ […]
काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंन थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमर्गमा निर्माण […]
सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग सन्झौता भएको छ । गत बुधबार सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम गरेर बुझाउने समय सीमा दिइएको छ । श्रेष्ठले भने, “कम्पनीले […]
सिद्धबाबा सुरुङमार्ग निमार्णका लागि चार निर्माण कम्पनी छनोट भएका छन् । मूल सरुङमार्ग १.१ किलोमिटर रहने सो सुरुङमार्ग निमार्णका लागि चार निर्माण कम्पनी छनोट भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीले प्रस्ताव पेस गरेकोमा चार कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत भएको केन्द्रका प्रभात झाले बताए । उनले भने, […]