सिद्धबाबा सुरुङ निर्माण असोजबाट

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निमार्णका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक अर्जुनजंन थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमर्गमा निर्माण […]

सम्बन्धित सामग्री

सिद्धबाबा सुरुङ निर्माण २ वर्षमा १२ प्रतिशत मात्रै

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माणको कामले गति लिन सकेको छैन । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म भौतिक प्रगति १२ प्रतिशत मात्र छ । बल्ल उत्तर र दक्षिणतर्फ सुरुङको पोर्टल (मुख) बनाउन थालिए पनि सुरुङ खन्ने काम भने सुरु नै हुन सकेको छैन ।

सिद्धबाबा सुरुङ निर्माण असोजबाट

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी दसैंको आसपासबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइन आगामी असोजमा बुझाउने र सो डिजाइन हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने सडक विभागले जनाएको छ ।विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सो सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइ […]

सिद्धबाबा सुरुङ निर्माण सम्झौता छिट्टै

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानिएको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । ठेक्का सम्झौता हुन भने बाँकी छ । फागुनभित्रै सम्झौता गर्ने सरकारको तयारी छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ गरिरहेको कम्पनीले नै सुरुङ निर्माणको जिम्मा पाएपछि समयमै निर्माण हुनेमा शंका उत्पन्न भएको छ ।

सिद्धबाबा सुरुङ निर्माण गर्न कम्पनी छनोट

सिद्धबाबा सुरुङमार्ग निमार्णका लागि चार निर्माण कम्पनी छनोट भएका छन् । मूल सरुङमार्ग १.१ किलोमिटर रहने सो सुरुङमार्ग निमार्णका लागि चार निर्माण कम्पनी छनोट भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीले प्रस्ताव पेस गरेकोमा चार कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत भएको केन्द्रका प्रभात झाले बताए । उनले भने, […]