काठमाडौँ प्रहरी प्रमुखको सरुवा उल्टियो

काठमाडौँ । काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको प्रमुख सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको स्रोतको दाबी रहेको छ । हिजो (मंगलबार) प्रमुख सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय भएको थियो । सिंहको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज […]

सम्बन्धित सामग्री

६७३ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ। स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरुवा गरेको हो। शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको छ। नियमित सरुवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरुवामा अभ्यस्त हुँदै आएको थियो। यसपालि भने एकै […]

३६ प्रहरी नायव उपरीक्षकको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी नायव उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले स्थानीय तहको निर्वाचन आचारसंहिता शुरु हुनु अगावै ३६ प्रहरी नायव उपरीक्षक(डीएसपी)को सरुवा गरेका हुन् ।

६ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्साल स्रोतका अनुसार बागमती प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सरुवा गरिएको छ भने सिन्धुपाल्चोकका राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइएको छ । यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका शान्तिराज कोइरालालाई जिल्ला […]

नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौँ– नेपाल प्रहरीले १८ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको हो । १८ एसपी सरुवा भएसँगै सात जिल्लाका प्रहरी प्रमुखहरू पनि परिवर्तन भएका छन् ।

साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौँ – नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो । ]फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो।

एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौँ – नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ७ हजार ३४४ जवानको सरुवा गरेको हो। फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले एक महिनाअघि प्रहरी सहायक निरीक्षकहरुकाे सरुवा गरेकाे थियाे।

तीन हजारभन्दा बढी प्रहरी हवल्दारको सरुवा (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीले सोमबार एकैपटक तीन हजार भन्दाबढी प्रहरी हवल्दारको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले तीन हजार एक सय ५६ जना हवल्दारकाे सरुवा गरेकाे हाे।  सरुवाकाे सूची

सशस्त्र प्रहरी बलका ६५ एसपीको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको छ । प्रहरी बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै माघ १ देखि लागू हुने गरी उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो । सरुवा अनुसार एपीएफ कमान्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई ललितपुर हेर्ने २१ […]

सशस्त्र प्रहरी बलका ११ डीआईजीको सरुवा

काठमाडौँ– सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) काज सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार काज सरुवा गरेको हो । डीआईजी मन्दीप श्रेष्ठ महानिरीक्षकको सचिवलायमा सरुवा भएका छन् भने हाल केन्द्रीय प्रवक्ता रहेका डीआईजी राजु अर्याल मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी […]