एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा

काठमाडौँ – नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ७ हजार ३४४ जवानको सरुवा गरेको हो। फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले एक महिनाअघि प्रहरी सहायक निरीक्षकहरुकाे सरुवा गरेकाे थियाे।