काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले पहिलोपटक एफए कप फुटबलको उपाधि जितेको छ । प्रिमियर लिगमा पछिल्लोपटक राम्रो स्थानमा रहेको लेस्टरले एफए कपको उपधि भित्र्याएको हो ।
शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै लेस्टर च्याम्पियन बन्यो । लेस्टरलाई जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे...