काठमाण्डाै - प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० गोलले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो ।
चेल्सीका रोमेलु लुकाकु र हाकिम जीएचले एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३१ औँ मिनेटमा जीएचले गोल थपे । हारसँगै च्याम्पियनसिप क्लब मिड्ल्सब्रोको एफए कप यात्रा सकिएको छ ।