खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै आफ्ना बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेका छन् । खाद्य कम्पनीले आफ्ना चारवटा बिक्री केन्द्रमार्फत र साल्ट ट्रेडिङले आफ्ना छवटा बिक्री केन्द्र र तीनवटा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गरेका हुन् । खाद्य कम्पनी र साल्ट ट्रेडिङले गत वर्षको बन्दाबन्दी र निषेधाज्ञामा जस्तै आफ्ना बिक्री केन्द्रमार्फत
सेवा दिएका हुन् ।