वैशाख २२, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सञ्चालक हेरफेर भएका छन् ।
साविक नेशनल ट्रेडिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) मोहन प्रकाश चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
साविक नेशनल ट्रेडिङ लिमिटेड गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन भएको हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पत्रानुसार सीईओ चन्दले कर्पोरेशनको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका हुन् ।