धेरै फिचर थपिएर आउँदै आयोनीक-५, रेन्ज पनि बढ्ने

काठमाडौं । हुन्डाईको सफल इलेक्ट्रीक क्रसओभर मोडल आयोनीक-५को २०२४ भर्सन आउने भएको छ । नयाँ भर्सनमा फिचर थपसँगै ब्याट्री साइज पनि बढेर आउने भएको हो । नेपाली बजारमा आयोनीक-५ को सर्ट सेन्ज मोडल मात्रै उपलब्ध रहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा यसको धेरै अप्सन किन्न पाइन्छ । नेपालमा ५८ किलोवाट आवर क्षमताको ब्याट्रीमा उपलब्ध आयोनीक-५ […]

सम्बन्धित सामग्री

गर्मी छल्न पौडी [फोटो फिचर]

काठमाडौं । काठमाडौं उपत्यकामा गर्मी निकै बढेको छ । पौडी पोखरीमा देखिने भिडले पनि काठमाडौं उपत्यकामा गर्मी बढेको बुझ्न कठिन छैन ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ः४५ बजे काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस छ । बिहानको तुलनामा दिउँसो तापक्रम अझै बढ्ने गरेको छ ।  उपत्यकाका सार्वजनिक पौडी पोखरी तथा  होटल, रिक्रियसन सेन्टरका आउटडोर तथा इनडोर पौडी पोखरीमा गर्मी छल्न पौडी खेल्न आउनेको भीड देखिन्छ ।  ललितपुरको च्यासलस्थित नेशनल स्पोर्टस सेन्टरको पौडी पोखरीमा पनि पौडिनेकाे भीड लाग्ने गरेको छ । पौडी पोखरीहरू शुक्रवार र शनिवार भीड बढ्ने गरेको छ ।   त्यहाँ पौडी खेल्नका लागि प्रतिव्यक्ति रु ३०० तिर्नुपर्छ । महिनाभरी खेल्नका लागि भने रु ४ हजार ५०० रुपैयाँ शुल्क लाग्ने गरेको नेशनल स्पोर्टस सेन्टरले जनाएको छ । उक्त पोखरीमा पौडिनका लागि १० वर्षमुनिका बालबालिकाले रू. २५० रुपैयाँ शुल्क तिरे पुग्छ । विद्यार्थीका लागि पनि पौडी खेल्न छूट दिने गरिएको छ ।  तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

होन्डा डिओमा थपियो नयाँ फिचर, मूल्य बढ्ने

काठमाडौं । होन्डा इन्डियाले आफ्नो चर्चित स्कुटर डिओलाई नयाँ भर्सन ल्याउने भएको छ । होन्डाले बिक्री गर्ने स्कुटर मध्य सबैभन्दा कम मूल्यको ‘एच स्मार्ट फिचर’सहितको नयाँ जेनेरेशन डिओ बजारमा ल्याउने भएको हो । कम्पनीले नयाँ डिओ होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाको वेवसाइटमा लिस्टिङ गरेसँगै नयाँ भर्सन आउने पक्का भएको हो । गत महिना होन्डा डिओको […]

आइएमई पेमा थपियो नयाँ फिचर

काठमाडौं । आइएमई पेको वालेटमा नयाँ फिचर थपिएको छ । आइएमई पे एपमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भएको छ । यसबाट सेवाग्राहीले थप सुविधा लिन सक्ने र कम्पनीसँगको विश्वास अझै बढ्ने कम्पनीको अपेक्षा छ । आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक प्रडक्ट हो । आइएमई पे ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

जितपछि गगनले भनेः देश हाक्न नयाँ नेतृत्वको खोजी पुरा भयो (फोटो फिचर)

काठमाडौँ – गगन थापाले देशलाई नेतृत्व गर्ने बताएका छन्। काठमाडौँ ४ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आम जनताको भावनाको सम्मान गर्दै अघि बढ्ने उद्घोष गरे। उनले भने, ‘मतदाताले मत मात्रै होइन, मन पनि दिएका छन्। त्यसलाई सम्मान गरेर अघि बढ्छौँ। कांग्रेसबाट देश हाक्न नयाँ नेतृत्वको खोजी भएको कुरा मनन गर्दै नयाँ सोच र चिन्तनका […]

रानीपोखरीमा भाइटीका (फोटो फिचर)

काठमाडौँ– आज भाइटीका । दाजुभाइ तथा दिदीबहिनीहरू नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन । आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरू भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढ्ने क्रम जारी छ ।

कामपाले छोपेर राख्यो फोहोर (फोटो फिचर)

काठमाडौं । काठमाडौ‌ं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाको बर्षात्ले सडक विग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य ईञ्जिनियर सुनिललम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने […]

पोखरामा नयाँ वर्षको रमझम (फोटो फिचर)

वैशाख ४, काठमाडौं । कोरोना महामारी शुरु भएको लगभग दुई वर्षपछि पर्यटकीय नगरी पोखराले नयाँ वर्ष - २०७९ लाई स्वागत गरेको छ। शिथिल अवस्थामा रहेको पर्यटन क्षेत्रमा पोखरामा देखिएको आन्तरिक तथा बाह्यि पर्यटकको चहलपहलले केहि सुधार आएको महसुस गरिएको छ। पोखराको फेवा तालमा डुङ्गा सयर गरी ताल बाराही दर्शन गर्न आन्तरिक मात्र नभई भारतीय पर्यटकहरू पनि उत्तिकै सहभागी छन् । बिदेशी पर्यटकहरू आफै डुङ्गा खियाएर रमाइलो गरिरहेका थिए। लेक साइडका सडकहरुमा राती अबेरसम्म पर्यटकहरू तथा अन्य मानिसहरुको आवतजावत  हुने गरेको पाइएको छ । अन्नपूर्ण बेसक्याम्प जाने पर्यटकहरुको पोखरा बसाईले पनि पोखराको पर्यटनमा अझ ऊर्जा थपेको देखिन्छ। मौसमले साथ दिएको कारण पाराग्लाईडिङ तथा अल्ट्रालाइट चढ्ने मानिसहरुको पनि भीड लागेको छ । दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको यहाँको व्यवसाय अब चलायमान हुने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । कोरोना संक्रमण पहिले पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो लागानी गरेका थिए । त्यसै समयमा कोरोना संक्रमण बढेसँगै पर्यटन क्षेत्र शिथिल बनेको थियो । अहिले कोरोनाको संक्रमण कम हुँदै गएको, कोभिडका सबै प्रतिबन्ध हटाइएको र पछिल्लो समय सरकारले चौबीसै घण्टा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेकाले अहिले यहाँका पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । तस्वीहरु : सुनिल शर्मा/ आर्थिक अभियान

फूलैफूलले रंगीचंगी तिहार (फोटो फिचर)

काठमाडौं :  भारतबाट धेरै परिमाणमा फुल आए पछि नेपाली ब्यबसायी मारमा परेको गुनासो गरेका छन्। काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्‍यापारमा अधिकांश भारतीय फूल देखिएको छ।भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्‍यापारीले गुनासो गरेका छन्।काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ। यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्य

अग्रिम टिकट बुकिङ खुला भएको पहिलो दिन यस्तो देखियो बसपार्क [फोटो फिचर]

दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।  देशका विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।  एकैपटक सबै काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत धेरै वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ । आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन ।  नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकीबाट समेत अग्रिम टिकट बुकिङ शुरू गरिएको...

मार्फाका स्याउ बगान फूलले ढकमक्क (फोटो फिचर)

काठमाडौं : स्याउको मुख्य थलो हिमालपारिको जिल्ला मुस्ताङस्थित मार्फा बगान फूलले ढकमक्क ढाकिँदा कृषक उत्साही भएका छन्।अहिले स्याउको बोटमा ढकमक्क फूल फुलेको छ। विगतभन्दा राम्रोसँग फूल फुलेकाले परागसेचन राम्रो भए उत्पादन पनि बढ्ने अपेक्षा गरिएको मार्फाका स्याउ किसानहरूले बताएका छन्‌।यस वर्ष सिँचाइ गर्ने समयमा हिमपात भएकोले पनि स्याउको फूल राम्रो खेलेको उनीहरूले जानकारी दिएका छन्‌।दिउँसो घाम लाग्दा माहुरी लगायत पराग सेचनका लागि मद्दत गर्ने कीरा आगमन पनि बढिरहेको छ। त्यसकारण प