दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
देशका विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
एकैपटक सबै काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत धेरै वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ । आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन ।
नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकीबाट समेत अग्रिम टिकट बुकिङ शुरू गरिएको...