काठमाडौं । काठमाडौं उपत्यकामा गर्मी निकै बढेको छ । पौडी पोखरीमा देखिने भिडले पनि काठमाडौं उपत्यकामा गर्मी बढेको बुझ्न कठिन छैन ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ः४५ बजे काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस छ । बिहानको तुलनामा दिउँसो तापक्रम अझै बढ्ने गरेको छ ।
उपत्यकाका सार्वजनिक पौडी पोखरी तथा होटल, रिक्रियसन सेन्टरका आउटडोर तथा इनडोर पौडी पोखरीमा गर्मी छल्न पौडी खेल्न आउनेको भीड देखिन्छ ।
ललितपुरको च्यासलस्थित नेशनल स्पोर्टस सेन्टरको पौडी पोखरीमा पनि पौडिनेकाे भीड लाग्ने गरेको छ । पौडी पोखरीहरू शुक्रवार र शनिवार भीड बढ्ने गरेको छ ।
त्यहाँ पौडी खेल्नका लागि प्रतिव्यक्ति रु ३०० तिर्नुपर्छ । महिनाभरी खेल्नका लागि भने रु ४ हजार ५०० रुपैयाँ शुल्क लाग्ने गरेको नेशनल स्पोर्टस सेन्टरले जनाएको छ । उक्त पोखरीमा पौडिनका लागि १० वर्षमुनिका बालबालिकाले रू. २५० रुपैयाँ शुल्क तिरे पुग्छ । विद्यार्थीका लागि पनि पौडी खेल्न छूट दिने गरिएको छ ।
तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान