सिमकोट – जिल्लामा उत्कृष्ट काम गर्ने गाउँपालिका सम्मानित भएका छन्। साताैँ जिल्ला सभाद्वारा जिल्लाका तीन वटा गाउँपालिका सम्मानित भएका हुन्। ०७९/८० मा उत्कृष्ट काम गर्ने ती गाउँपालिकालाई सभाले सम्मान गरेको हो। सभाद्वारा सम्मानित हुने गाउँपालिकामा अघिल्लो वर्ष वित्त आयोगले गरेको कार्यसम्पदान मूल्यांकनमा कर्णाली प्रदेशमै ४८ दशमलव ३३ प्रतिशत अंक ल्याएर पहिलो भएको सिमकोट गाउँपालिका, स्थानीय […]
काठमाडौँ – दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–४ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको अध्यक्षतामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्ने बताए। स्वास्थ्य नै धन हो भन्नेमा कसैको दुईमत हुन नसक्ने भन्दै शारीरिक व्यायामका साथै […]
बागलुङ : निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध (गाँजा-चरेस) सम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो।जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्
सल्यान : बाँके र बर्दियासँग सिमाना जोडिएको सल्यानको कालिमाटी गाउँपालिका–७ काप्रेचौरवासीलाई न सदरमुकाम पायक परेको छ न स्थानीय सरकारको पालिका नै।शहरी कोलाहलभन्दा केही एकान्त रहेको काप्रेचौर घुइयाबारी बस्तीमा संघीयताको कुनै आभास छैन। छ त केवल बाँके राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरको त्रास, सञ्चार विहीनता, अन्धकार र बबई नदीको भेल।सबैभन्दा नजिकको सरकारको रूपमा रहेको आफ्नै पालिकासम्म पुग्न पनि घुइयाबारीवासीलाई दुई जिल्ला बर्दिया, सुर्खेत हुँदै आउनुपर्छ। प्राकृतिक र मानव सृज
खोटाङ-रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभूत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी […]
डोल्पा– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहलाई छुट्टै जिल्ला घोषणा गर्न जनप्रतिनिधिले माग गरेका छन् । एउटै भाषा, धर्म, संस्कृति भएको उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ्सोङ् गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकालाई सांस्कृतिक संरक्षणसँगै आर्थिक तथा राजनीतिक विकासका लागि उपल्लो डोल्पाका जनप्रतिनिधिले छुट्टै जिल्ला घोषणाको माग गरेका हुन् । बुधबार डोल्पाबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा […]
१२ असार, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गुप्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमालेले उनलाई जिल्ला सचिवको जिम्मेवारी दिएको छ । नेकपा एमालेको प्रदेश २ कमिटी अध्यक्ष ज्वालाकुमारी साहले असार १० गते प्रदेश २ का ५ जिल्लाको अध्यक्ष तथा […]
काठमाडौं।मनाङको चामे गाउँपालिका–४ र नासो गाउँपालिका–३ मा अविरल वर्षापछि हिजो आएको बाढीले जिल्ला हुलाक कार्यालय भवन, ६ वटा घर, घट्टे खोलाको पक्की पुल, ठाडो खोलाको काठको पुल बगाएको छ। २ वटा तातोपानी कुण्ड र नासो गाउँपालिका–३ बस्ने शेरबहादुर गुरुङको घर पनि बगाएको छ। बाढीबाट विस्थापित भएका ३० घरका ३ सय जनालाई प्रहरीले जिल्ला कारागारमा स्थानान्तरण गरेको छ।
हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिने जिल्ला हो मुगु । यहाँ एक नगरपालिका र तीन गाउँपालिका गरी चारवटा स्थानीय तहका सरकार छन् । यी चार स्थानीय तहमध्ये बढी पर्यटन क्षेत्र बोकेको, बहुमूल्य जडिबुटी यार्सागुम्बा, वन्यजन्तु, जंगली जनावर, पशुपन्छी, जलस्रोतको भण्डार मानिएको गाउँपालिका हो, मुगूम कार्मारोङ गाउँपालिका । यस गाउँपालिकाका अध्यक्ष हुन्– छिरिङ क्याप्ने लामा […]