पूर्व–पश्चिम विद्युतीय रेलमार्ग: बजेट अभावले मुआब्जा रोकिँदा ठेक्का लाग्न सकेन

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डमा पर्ने जग्गाको मुआब्जा वितरण हुन सकेको छैन । मुआब्जा वितरण नभएकै कारण यस खण्डको ठेक्का लाग्न सकेको छैन । रेल विभागले भने बजेट सुनिश्चित नभएसम्म मुआब्जा वितरण गर्न सक्ने अवस्था नरहेकाले काम अघि बढ्न नसकेको बताएको छ । उक्त खण्डको १ सय ६ किलोमिटर दूरीमा ७६० बिघा जग्गा पर्छ ।

सम्बन्धित सामग्री

मुआब्जा दिन पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितको माग

बिर्तामोड– पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितले काँकरभिट्टा–इनरुवा खण्डमा रेलमार्ग बनाउने भन्दै रोक्का राखेको जग्गाको मुआब्जा तत्काल वितरण गर्न सरकारसँग माग गरेका छन् । संवाद समूह झापाले कनकाई नगरपालिकास्थित सुरुङ्गामा आयोजना गरेको काँकरभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको बैठकमा उनीहरूले यस्तो माग गरेका हुन् । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै झापा, मोरङ र सुनसरी जिल्लाका करिब पाँच […]

५ किलोमिटर रेल्वे ट्रयाकबेड बन्न ३ वर्ष लाग्यो, जलमार्गमा के भयो प्रगति ?

१४ जेठ, काठमाडौं । सरकारले बितेको ३ वर्षमा साढे ५ किलोमिटर रेल्वे ट्रयाकबेड निर्माण गरेको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा निर्माण्को काम भइरहेको छ । ट्रयाकबेड रेलको लिक बिछ्याउन तयार गरिएको ट्रयाक हो । तर, कामको गति ज्यादै सुस्त छ । २०७८ असार मसान्तसम्म ४९ किलोटिमर रेल्वे ट्रयाक बेड निमाण भएको थियो […]

एमालेको घोषणापत्रमा कहाँ र कस्ता रेल ?

काठमाडौं । नेकपा एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना अघि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गर्दै एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा देशका विभिन्न भागमा रेल यातायात सञ्चालन गर्ने योजना समेटिएको छ ।‘निर्माणाधीन पूर्व–पश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ,’ एमालेले घोषणापत्रमा भनेको छ, ‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ ।’ बाँकी भागको जग्गा अधिग्

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण सम्भव छैन : भौतिक मन्त्री

सरकारी लगानीमा पूर्व–पश्चिम विद्युतीय रेल मार्ग बनाउन नसकिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बताएका छन् । सरकारको आर्थिक क्षमता र स्रोतले नभ्याउने देखिएको उनको भनाइ छ । ‘पुँजीगततर्फ देशकै बजेट करिब चार खर्ब रुपैयाँ हाराहारी छ,’ मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग मन्त्री राईले भने, ‘२४ खर्ब रुपैयाँ लगानी गरेर रेल सञ्चालन सम्भव छैन, यत्रो लगानी गर्दा जनतालाई के फाइदा ?’

काँकडभिट्टा–इनरुवा रेलमार्गको काम डेढ वर्षदेखि अलपत्र

झापा-पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत प्रदेश–१मा पर्ने काँकडभिट्टा–इनरुवा क्षेत्रमा उत्पन्न मुआब्जा लगायतका समस्या समाधान गर्न रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समितिले माग गरेको छ । समितिले रेलवेमा पर्ने वास्तविक जग्गाको डिमार्केसनलगायत प्राविधिक काम पूरा गरी तत्काल चलनचल्ती मूल्यको मुआब्जा वितरण गरिनुपर्ने जनाएको छ ।डेढ वर्षदेखि रेलवेको काम अघि बढ्न नसक्दा डिमार्केसन बाहिरका जग्गा पनि किनबेच गर्न […]

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम सुरु

बन्दाबन्दीपछि रोकिएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई सुचारु गरिएको छ । राष्ट्रिय गौरवको