पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना सुरु भएको एक दशक नाघिसक्यो । आर्थिक वर्ष २०६६/६७ बाट सुरु पूर्व–पश्चिम रेलमार्ग आयोजनामा अहिलेसम्म मुआब्जाकै समस्या टुंगिएको छैन । सुरु अध्ययन अनुसार पूर्व पश्चिम रेलमार्गको दूरी ९४५ किलोमिटर थियो । अहिले निकुञ्ज क्षेत्रको रेखांकन परिवर्तन हुँदा दूरी घटेर ९२५ पुगेको विभागले जनाएको छ ।