सरकारी लगानीमा पूर्व–पश्चिम विद्युतीय रेल मार्ग बनाउन नसकिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बताएका छन् । सरकारको आर्थिक क्षमता र स्रोतले नभ्याउने देखिएको उनको भनाइ छ । ‘पुँजीगततर्फ देशकै बजेट करिब चार खर्ब रुपैयाँ हाराहारी छ,’ मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग मन्त्री राईले भने, ‘२४ खर्ब रुपैयाँ लगानी गरेर रेल सञ्चालन सम्भव छैन, यत्रो लगानी गर्दा जनतालाई के फाइदा ?’