नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता, अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता भएको थियो । हत्याजस्तो गम्भीर अपराध घटनामा प्रहरी अनुसन्धानमा संवेदनशील नभइदिँदा आरोपित बनाइएकामध्ये कांग्रेस नेता कुर्मी हाजिरी जमानीमा छाडिएका छन् । अन्य ७ जनालाई प्रहरीले डेढ वर्षसम्म घटनाबारे सोधपुछसमेत गरेन ।