कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले कर्णाली प्रदेशमा साधन स्रोतका हिसाबले प्रहरी कमजोर रहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दैलेखद्वारा आयोजित कार्यक्रममा मन्त्री शाहीले कर्णालीमा प्रहरीले सिमित साधन स्रोतका भरमा प्रभावकारी काम गरेको उल्लेख गरे । ‘कर्णालीमा प्रहरीलाई प्रविधियुक्त र साधनस्रोत सम्पन्न बनाउनुपर्छ,’ मन्त्री शाहीले भने ‘थुप्रै प्रहरी विटलाई स्थायी बनाउन आवश्यक छ, तिनलाई प्रभावकारी बनाउन साधान