झापामा सवा ३ बजेसम्म ५० प्रतिशत मत खस्यो

झापा, ३० वैशाख । झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए । झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ । झापामा यसअघि कचनकवलमा एक जना […]

सम्बन्धित सामग्री

बर्सेनि बढ्दै लागुऔषध प्रयोगकर्ता

झापामा प्रहरीले अनुसन्धान गरेकामध्ये  ५० प्रतिशत मुद्दा लागुऔषधका झापामा लागुऔषधका दुव्र्यसनी र कारोबारी बर्सेनि बढ्दो छ । सरकारी निकायबाट लागुऔषध नियन्त्रणमा प्रभावकारी काम नहुँदा कारोबारी र प्रयोगकर्ता बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको...

झापामा ५० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि जारी मतदानमा झापामा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म

झापामा चार बजेसम्म खस्यो झण्डै ५० प्रतिशत मत

जिल्ला निर्वाचन कार्यालयका अनुसार अपराह्न ४ बजेसम्ममा ४९.३७ प्रतिशत मत खसेकाे छ ।

झापामा ५० प्रतिशत मत खस्यो

झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए ।झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ ।  झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहे

मल अभावले मासिँदै केराखेती

झापा । रासायनिक मल अभावका कारण झापामा केरा उत्पादन तथा खेतीको क्षेत्रफल घट्दै गएको छ । विगतमा ५० बिघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी घटेपछि आफूले यसपालि ३० बिघाको केराखेती मासेको बताए । शुरूमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती गरे पनि मल अभावका कारण ठूलो घाटा बेहोर्नुपरेको उनको भनाइ छ । विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गा सम्बन्धित जग्गाधनीलाई नै फर्काएर केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाका कनकाई नगरपालिका–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बिघा जमीनमा व्यावसायिक रूपमा  केराखेती गर्दै आएका थिए ।      किसानहरू बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश संग्रौलाले संयुक्त रूपमा फार्म सञ्चालन गरेका थिए । उनीहरूले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केराखेती शुरू गरे पनि तीन वर्षमै लगानी समेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केराखेती मास्न थालेका हुन् । केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रूपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बिघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए । वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने भन्दै उनले गतवर्ष एकपटक समेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्न युरिया, डीएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ । फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने शर्तबमोजिम  ५० लाख रुपैयाँ अनुदान लिएको थियो । रासस

वर्षाले झापामा आधा धानबाली नष्ट, ४० घर डुबानमा

झापा : दुई दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाका जनजीवन प्रभावित बनेको छ। भीषण वर्षाका कारण पाक्न लागेको धानबाली घर भित्र्याउन नपाएका कृषक नराम्ररी प्रभावित बनेका छन्।धानबालीमा क्षति पुग्दा कृषकले ठूलो नोक्सानी बेहोर्नु परेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।उनका अनुसार कतिपय स्थानीय तहमा धानबाली खेतमै काटेर राखेको र पाक्न लागेका धान नै पानीसँगै आएको हावाहुरीले सोत्तर बनाएको उनले बताए।झापामा यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो। त्यसमध्ये

झापामा ५० प्रतिशत धानबालीमा क्षति

लगातारको बेमौसमी वर्षाका कारण झापामा पाक्न लागेको धानबालीमा ठूलो क्षति भएको छ । दुई दिनदेखिको वर्षाले किसानलाई ठूलो घाटा पुर्याएको हो ।  कृषि ज्ञानकेन्द्र झापाका अनुसार ५० प्रतिशत धानबालीमा क्षति...

प्रदेश–१ मा ५७ प्रतिशत रोपाइँ

अन्नको भण्डार मानिने प्रदेश–१ मा हालसम्म करिब ५७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । विशेषगरी झापा, मोरङ र सुनसरी धान उत्पादनका लागि उर्बर मानिन्छ । कृषि विकास निर्देशनालय विराटनगर प्रदेश नम्बर १ का कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले हालसम्म प्रदेश नम्बर १ मा ५६ दशमलब ७४ प्रतिशत रोपाइँ भएको जानकारी दिए । सबैभन्दा बढी ताप्लेजुङमा ७५ प्रतिशत रोपाइँ भएको छ । यस्तै मोरङमा ५० प्रतिशत, झापामा ७० र सुनसरीमा ४० प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ । असार अन्तिम साता वर्षा भएपछि किसानले राहत महसुस गरेका थिए ।