झापामा ५० प्रतिशत धानबालीमा क्षति

लगातारको बेमौसमी वर्षाका कारण झापामा पाक्न लागेको धानबालीमा ठूलो क्षति भएको छ । दुई दिनदेखिको वर्षाले किसानलाई ठूलो घाटा पुर्याएको हो ।  कृषि ज्ञानकेन्द्र झापाका अनुसार ५० प्रतिशत धानबालीमा क्षति...

सम्बन्धित सामग्री

किसानलाई अनुदानमा गहुँ

कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।       गाउँपालिकाले किसानको उत्पादन बढाउन गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको बताएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमीनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । ‘हामीले जति पनि आवेदन दिएका किसान सबैलाई क्षेत्रफलको आधारमा १० कठ्ठाभन्दा माथि क्षेत्रफलमा खेती गर्नेलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिहेका छौं,’ कृषि शाखा प्रमुख चौधरीले भने, ‘गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहुँको बीउ उपलब्ध गराउँदै छौं ।’ पालिकाले किसानलाई उन्नत जात विजय, एलएल, वाणगंगालगायत बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले अविरल वर्षा र बाढीका कारण धानबालीमा क्षति भएका किसानका लागि पनि अनुदान दिने योजना बनाएको चौधरीले बताए । ‘कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, त्यसैमाथि बाढीले पीडामा रहेका किसानलाई गहुँको बीउ दिएर हौसला दिन खोजिएको हो,’ चौधरीले भने, ‘हामीले अन्य खाले अनुदान दिने विषयमा छलफल गरिरहेका छौं ।’ अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसान खुशी भएका छन् । जानकी गाउँपालिका–२ का गजेन्द्रबहादुर चौधरीले तीन बिघा जमिन गहुँ खेती गरिरहेका छन् । कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यहाँ खेतीका लागि उर्वर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनौं सहकारीले बीउ प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेका छन् । यहाँका सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ । रासस

सल्यानमा २८ प्रतिशत धानबालीमा क्षति

सल्यान (अस) । लगातारको वर्षाका कारण सल्यानमा झन्डै २८ प्रतिशत धानबालीमा क्षति पुगेको छ । आइतबारदेखि परको अविरल वर्षाका कारण जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो । वर्षाले धानबालीमा पु¥याएको क्षतिको अनुमानित विवरण सार्वजनिक गर्दै कार्यालयले जिल्लाभर ४४ दशमलव ५० प्रतिशत धान भित्र्याउन बाँकी रहेको बताएको छ । हालसम्म जिल्लाभर २८ दशमलव ६५ प्रतिशत मात्रै धान भित्र्याइएको तथ्यांकमा उल्लेख छ । जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जिल्लाभर ३० हजार ५६ मेट्रिक टन धान उत्पादन हुने आकलन थियो । तर, वर्षाका कारण ८ हजार ३ सय ७० मेट्रिक टन धान भिजेर क्षति भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार ८ हजार ६ सय १० मेट्रिक टन धान किसानले भित्र्याइसकेका छन् भने १३ हजार ३ सय ७४ मेट्रिक टन काट्न बाँकी रहेको छ । सबैभन्दा धेरै सिद्धकुमाख गाउँपालिका र कम कपुरकोट गाउँपालिकामा वर्षाका कारण धानबालीमा नोक्सानी भएको उनले बताए । सबैभन्दा धेरै दार्मा गाउँपालिकामा धान भित्र्याइएको छ भने कम बनगाड कुपिण्डे नगरपालिका र कपुरकोटमा रहेको छ । यस्तै, सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकामा धान काट्न बाँकी रहेको छ भने सबैभन्दा कम कालीमाटी गाउँपालिकामा रहेको छ । गत वर्ष जिल्लामा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो भने १६ मेट्रिक टन घैया धान उत्पादन भएको थियो । जिल्लाका किसानले बढी मात्रामा रामधान, सुक्खा ३, सुक्खा १, कञ्चनलगायत जातको धान खेती गर्दै आएका छन् । कार्यालय प्रमुख आचार्यले धान भित्र्याउने समय परेको वर्षाका कारण जिल्लामा यो वर्ष धान उत्पादन घट्ने बताए । निरन्तरको वर्षाका कारण किसानले काटेको धान कुहिने र उत्पादन घट्ने अवस्था रहेको उनको भनाइ छ । पाकेको धान भित्र्याउने बेला वर्षा भएपछि जिल्लाका किसान चिन्तित भएका छन् । घर भित्र्याउन काटेर तयार पारेको धानमा वर्षाले क्षति पु¥याएको शारदा नगरपालिका–९ का स्थानीय मोहन बुढाथोकीले बताए । वर्षाले पाकेका धानको बोटसमेत ढलेका छन् । ‘खेतैभरि पानी भरिएको छ । काटेर झाँट्न तयार भएको धान पानीमा तैरिएको छ ।  धानको बोट लडेर सोत्तर भए,’ उनले भने ‘एक–दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने भन्ने पिरलो थपिएको छ ।’ गरिज्युला, कालीमाटी फाँट, बनगाड, मर्मलगायत जिल्लाका अधिकांश ठाउँमा लगाएको धानबालीमा क्षति पुगेको छ ।

वर्षाले झापामा आधा धानबाली नष्ट, ४० घर डुबानमा

झापा : दुई दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाका जनजीवन प्रभावित बनेको छ। भीषण वर्षाका कारण पाक्न लागेको धानबाली घर भित्र्याउन नपाएका कृषक नराम्ररी प्रभावित बनेका छन्।धानबालीमा क्षति पुग्दा कृषकले ठूलो नोक्सानी बेहोर्नु परेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।उनका अनुसार कतिपय स्थानीय तहमा धानबाली खेतमै काटेर राखेको र पाक्न लागेका धान नै पानीसँगै आएको हावाहुरीले सोत्तर बनाएको उनले बताए।झापामा यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो। त्यसमध्ये