झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए ।झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ । झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहे