जोखिममा ५३ सीमास्तम्भ

झापामा ५३ वटा सीमास्तम्भ जोखिममा परेका छन् । नेपाल–भारत सीमाअन्तर्गत खोला तथा नदी कटानको क्षेत्रमा पर्ने सीमास्तम्भ जोखिममा परेका हुन् । भारतसँग १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा...

सम्बन्धित सामग्री

तिब्बतसँगको सिमाना सोलुखुम्बुको नाङ्गपाला नाकाको सीमास्तम्भ ढल्यो

सोलुखुम्बु - तिब्बतसँगको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ नाङ्गपालामा रहेको नेपालतर्फको सीमास्तम्भ ढलेको छ । नेपाल र तिब्बतबीचको उत्तरतर्फको नाङ्गपाला नाकामा रहेको नेपालतर्फको एक मात्र सीमा स्तम्भ तिब्बततर्फ ढलेको हो । नाकामा रहेको आरजी.५९७०९८ मा ६२ नम्बरको एक मात्र पिलर ढलेर नम्बर समेत छोपिएको याक आनुवंशिक श्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादव (ललन) ले जानकारी दिनुभयो । यादवसहितको टोली याक तथा नाक खरिदका लागि चीन जाने क्रममा २०७१ साल जेठ २ गते नै त्याे स्तम्भ ढलेको पाइएको ...

पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ

पोखरिया । नेपाल भारत सीमाबाट हराएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएका छन् । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरेको छ । ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन गर्दै आएको छ । खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो । खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्ने बारे यकीन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएको छ । त्यसका लागि उत्खननमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताए । चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२/१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको थपलियाले बताए । जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुखले स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै वर्षांैदेखि भारतीयतर्फको ठेकेदार पक्षले ओरिया खोलामा उत्खनन गर्दै आएको बताए । रासस

पर्साको ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटियो

वीरगञ्ज – पर्सा जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटिएको छ। जगरनाथपुर गाउँपालिका–१ स्थित ओरिया खोलाबाट हराइरहेको दुई वटा सीमास्तम्भ भेटिएको हो। ओरिया खोलामा हराएको सीमास्तम्भ ४२२ र ४२२/१ भेटिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए। खोलामा बाढी आउँदा हराइरहेको सीमास्तम्भ भारतीय पक्षले खोलाबाट बालुवा निकाल्दा भेटिएको यादवले बताए। खोलामा बाढी आउँदा […]

कञ्चनपुरमा सीमास्तम्भ मर्मत सम्भार हुँदै

कञ्चनपुर : कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत अघि बढाइएको छ। भारतीय सीमा सुरक्षाबल (एसएसबी) को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो। भारतीय पक्षले जोर नम्बरका २४ वटा जीर्ण सीमास्तम्भ मर्मत गरिरहेको छ।नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयअनुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक सातादेखि सीमा स्तम्भ मर्मत भइरहेको छ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सश

अझै ठडिएनन् बाढीले बगाएका सीमास्तम्भ

बाँके । बाँकेको पूर्व र दक्षिण गरेर भारतसँग करिब ६५ किलोमिटर सीमाना जोडिएको छ । पूर्वतर्फ नेपाल भएर भारतमा बग्ने राप्ती नदी हुँदै राप्तीसोनारी गाउँपालिका-४ को महेशपुर र दक्षिणमा मानखोलासम्म गरी ६५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । खुला सीमाना भएका कारण नेपाल र भारत सीमा छुट्याउने सीमास्तम्भ क्रमशः हराउने र सर्ने क्रम जारी छ […]

नेपाल र चीनको सीमास्तम्भ

फुङ्लिङ, २५ असोजः समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७ टिप्ताला नाकामा राखिएको नेपाल र चीनको सीमास्तम्भ ।-तस्बिरः दिलकुमार लिम्बु-रासस

प्रदेश–२ मा मात्रै ८४९ सीमास्तम्भ गायब

काठमाडौं।प्रदेश–२ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्।सप्तरी गोबरगाढादेखि पर्साको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन्।सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीकाअनुसार प्रदेश–२का आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये दुई हजार ६४ सीमास्तम्भ रहेको,७०४ वटा मर्मत गर्नुपर्ने,३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने,९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएका छन्।

भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ गायब

प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ । बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दु