हिमालयन र सिभिल बैंकबीच स्वापमा कुरा मिल्यो, यसैसाता मर्जरको लागि सम्झौता हुने

'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेर मर्जर प्रकृया अगाडी बढाएका हिमालयन र सिभिल बैंकबीच यसै साता मर्जरमा जानको लागि औपचारिक सम्झौता हुने भएको छ । स्वाप रेसियो, बैंकको नाम, संचालकहरु लगायतका विषयमा टुंगो लागिसकेकोले सम्भवत बिहिबार वा शुक्रबार मर्जरको लागि औपचारिक सम्झौता हुने भएको हो ।  संचालक समिति र उच्च व्यवस्थापनको विषयमा टुंगो लागिसकेको बैंकका एक संचालकले बताए । उनका अनुसार १००:८१ को स्वापमा पनि सहमति भईसकेको छ ।  अब कर्मचारी समायोजनको विषय टुंगोमा लगाएर मर्जर सम्झौतामा हस्ताक्षर हुने छ । आज पनि मर्जर कमिटिको छलफल रहेकोले कर्मचारी समायोजनको विषय पनि आज नै टुंगो लागि सक्ने उनले बताए ।   नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता तोडीएपछि हिमालयन बैंक अर्को कुनै बैंकलाई प्राप्ति तथा मर्जर गर्नुपर्ने दबाबमा रहेको छ।  भने यता सबै सूचकमा राम्रो बन्दै गएको सिभिल बैंकलाई राम्रो स्वाप नपाउँदासम्म मर्जर तथा प्राप्तिमा नजाने 'एड्भान्टेज' छ। इन्भेष्टमेन्टले भने मेगा बैंकसँग मर्जरको लागि सम्झौता गरिसकेको छ ।  हिमालयन र इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुटेपछि सिभिललाई हिमालयनको सम्भावित पार्टनरको रुपमा हेरिएको हो। हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएको र सिभिल बैंकमा धेरै सेयर हिस्सा ओगटेको अर्को कुनै पार्टी नभएकाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने धेरैको अनुमान छ। इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता अगाडी पनि पनि हिमालयन र सिभिल बीच मर्जर प्रकृया धेरै अगाडी बढेको थियो। पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि मर्जरको लागि दिइएको छुट सुविधाहरु यहि असारसम्म मात्र प्राप्त हुने भन्दै बैंकहरुलाई मर्जरको लागि दबाब दिईरहेको छ । यस अघि:- हिमालयन र सिभिल बैंकबीच मर्जरको लागि 'नन डिस्क्लोजर एग्रिमेन्ट' 

सम्बन्धित सामग्री

सिभिल बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य नाफा १०१ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन बैंकसँग गाभिने सम्झौता गरिसकेको सिभिल बैंक लिमिटेडले गएको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म आफ्ना वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गएको वर्षको चौथो त्रैमाससम्ममा बैंकले वितरणयोग्य मुनाफा, खुद नाफा, सञ्चालन नाफा, जगेडा कोष र खुद ब्याज आम्दानीजस्ता महत्त्वपूर्ण वित्तीय सूचकहरूमा उलेख्य...

सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरसम्बन्धी सम्झौता – देशसञ्चार

काठमाडौँ – सिभिल बैंक र हिमालयन बैंकबीच मर्जरसम्बन्धी सम्झौता भएको छ। सिभिल बैंक हिमालयनमा गाभिने गरी बुधबार सम्झौता हुँदा स्वाप रेसियो कम देखिए पनि

देखापढी विजनेश न्यूज

सरकारको बेरुजु खर्च ४ खर्ब ८३ अर्ब पुग्यो। आजदेखि राप्ती हाइड्रोको आईपीओ खुल्यो। सिभिल बैंक हिमालयन बैंकमा गाभिने सम्बन्धमा बुधबार सम्झौता पत्रमा गरिएको छ। रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जर हुने भएकाक छन्। सुपारी प्रशोधन गर्ने उद्योग स्थापना भएपछि झापाका किसान खुशी भएका छन्।खानेपानी तथा सरसफाई सेवा सुधारमा खर्च गर्नको लागि नेपालले विश्व बैंकबाट १०अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको

हिमालयन र सिभिल बैंक गाभिन प्रारम्भिक सम्झौता

२९ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । बुधबार हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने गरी गत शुक्रबार प्रारम्भिक सम्झौता गर्ने तय गरेको भएपनि अन्तिम समयमा विवाद हुँदा स्थगित गरेको  थियो । तर, लगातारको छलफलपछि सिभिल र […]

अर्को ट्वीस्ट नआए हिमालयन र सिभिल बैंकबीच आज मर्जर तथा प्राप्ति सम्झौता

सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रकृया करिब करिब सहमतिमा पुगेको छ। सिभिल बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सिभिलले अगाडी राखेको सर्त मान्न हिमालयन बैंक तयार भएको भन्दै हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो। 'सिभिलले अगाडी सारेका बिषयहरु हिमालयन बैंकले बीना सर्त मान्न तयार भएपछि सिभिलको संचालक समितिको बैठकले हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो।' बैंक स्रोतले भन्यो। स्रोतकाअनुसार सिटिजन्स र हिमालयन मध्ये कुनसँग प्राप्तिमा जाने भन्ने बिषयमा संचालक समितिमा छलफल भएको र अन्तिममा हिमालयनसँग प्राप्तिमा जानलाई सहमती जुटेको हो।पूर्व सहमतिअनुसार नै प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ। त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन्।  कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्। त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ। कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।  यस अगाडी शुक्रबार मर्जर सम्झौता हुने भनीएपनि अन्तिममा हिमालयनले नयाँ सर्त अगाडी सारेपछि सिभिल बैंक प्राप्ति प्रकृयाबाट पछाडी हटेको थियो। सिभिल बैंकको मर्जर कमिटी बैठकले तीन वटा विषयमा लिखित र प्रष्ट सम्झौता नभएसम्म हिमालयनसँग प्राप्तिमा नजाने अडान लिएको थियो। हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ।  सबै कुरा सहजढंगले अगाडी बढे आज दिउँसो ३ बजे पश्चात सम्झौता हुने बताईएको छ ।

हिमालयन र सिभिल बैंकबीच कुरा मिल्यो, बुधबार मर्जरको प्रारम्भिक सम्झौता

२८ असार, काठमाडौं । अन्ततः हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । मर्जरका लागि गत शुक्रबार तय भएको प्रारम्भिक सम्झौता गर्ने कार्यक्रम भाँडिएपछि हिमालयन र सिभिल बैंक गाभिने सम्भावना कमजोर बनेको थियो । तर, लगातारको छलफलपछि सिभिल र हिमालयन बैंकले मर्जरमा सहति जुटाएका छन् । बुधबार दुई बैंकबीच मर्जरका लागि प्रारम्भिक सम्झौता […]

हिमालयनमा सिभिल बैंक गाभिने, शुक्रबार सम्झौता हुँदै

२३ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्र (एमओयू)मा शुक्रबार हस्ताक्षर हुने भएको छ । शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुने भएकोले कारोबार समयपछि काठमाडौंको एक होटलमा सम्झौतापत्रमा हस्ताक्षर हुने एक सञ्चालकले बताए । बिहीबार बसेको हिमालयन बैंक सञ्चालक समितिको […]

हिमालयनले सिभिल बैंक किन्दै, शुक्रबार सम्झौता

हिमालयन बैंकले सिभिल बैंक किन्ने (प्राप्ती गर्ने) भएको छ । दुबै बैंकको मर्जर कमिटीले यससम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको छ । स्रोतका अनुसार दुबै बैंकको बोर्ड बैठक बसेर यसलाई पारित गरेपछि आगामी शुक्रबार प्राप्ती (एक्वीजिसन) सम्झौता हुने छ ।

हिमालयन र सिभिल बैंकबीच शुक्रबार मर्जर सम्झौता हुने

काठमाडौँ। हिमालयन बैंक लिमिटेड र र सिभिल बैंक लिमिटेडबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि अर्को संस्थासँग गाभिनैपर्ने दबाबमा रहेको हिमालयनले सिभिलसँग मर्ज गर्न लागेको हो।