देखापढी विजनेश न्यूज

सरकारको बेरुजु खर्च ४ खर्ब ८३ अर्ब पुग्यो। आजदेखि राप्ती हाइड्रोको आईपीओ खुल्यो। सिभिल बैंक हिमालयन बैंकमा गाभिने सम्बन्धमा बुधबार सम्झौता पत्रमा गरिएको छ। रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जर हुने भएकाक छन्। सुपारी प्रशोधन गर्ने उद्योग स्थापना भएपछि झापाका किसान खुशी भएका छन्।खानेपानी तथा सरसफाई सेवा सुधारमा खर्च गर्नको लागि नेपालले विश्व बैंकबाट १०अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको

सम्बन्धित सामग्री

थप पारदर्शी विजनेश इन्डेक्स ल्याउँदै विश्व बैंक

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंक (World Bank) ले विश्वको व्यवसायिक वातावरणको मूल्यांकन गर्न नयाँ पद्दति ल्याउने घोषणा गरेको छ । सोमबार बैंकले विश्वका १८० ओटा देशका व्यवसायिक सहजता मूल्यांकन गर्न नयाँ पद्दतिको घोषणा गरेको हो ।  पुरानो पद्दतिमा एक पछि अर्को गर्दै डेटामा चलखेलका घटनाहरु बाहिरिएको अनि चीनलाई सहुलियतपूर्ण व्यवहार गरेको भन्दै बैंकको इज अफ डुइङ विजनेश (Ease of Doing Business) प्रतिवेदनले निकै आलोचना खेप्नु परेको थियो ।  बैंकका अनुसार विजनेश रेडी (Business Ready) नामक नयाँ वार्षिक प्रतिवेदन सन् २०२४ को बसन्तमा सार्वजनिक हुनेछ । यो विजनेश इन्डेक्सको परीक्षण संस्करण हुनेछ । शुरुमा यस प्रतिवेदनले एशिया, ल्याटिन अमेरिका, यूरोप, मध्य पूर्व र उप–साहारा अफ्रिकाका ५४ ओटा अर्थतन्त्रलाई समेट्नेछ ।  त्यसपछिका अर्को दुई वर्षभित्र आउने प्रतिवेदनको संस्करणहरुमा विस्तारै अरु देशहरुलाई समेटिदैं लगिनेछ । यस अवधिमा बैंकले आफ्नो पद्दतिलाई पनि परिस्कृत गर्नेछ । बैंकले विकासलाई तीव्रता दिन देशहरुलाई लगानी आकर्षित गर्न र रोजगारी सृजना बढाउन सजिलो होस् भनेर हरेक वर्ष डुइङ विजनेश प्रतिवेदन सार्वजनिक गर्ने गरेको थियो । तर बैंकका शीर्ष अधिकारीहरुले चीनलाई लाभ हुने गरी डेटामा चलखेल गर्न कर्मचारीहरुलाई दबाब दिएको घटना बाहिरियो । डुइङ विजनेशमा साउदी अरब, संयुक्त अरब इमिरेट्स र अजरबैजान लगायत अन्य देशको वरियता बढाउन पनि चलखेल भएको देखियो । यी घोटालका कारण बैंकले सन् २०२१ मा सो प्रतिवेदनको प्रकाशन नै बन्द गरेको थियो । बिजनेश रेडीले डुइङ विजनेश परियोजनालाई विस्थापित गर्ने अनि यो डुइङ विजनेशभन्दा सुधारिएको भएको बैंकले एक विज्ञप्तिमा भनेको छ । पुरानो प्रतिवेदनभन्दा यो थप सन्तुलित भएको अनि  देशहरुको व्यवसाय र लगानीको वातावरणको मूल्यांकनमा पनि यसमा पारदर्शी तरिका अपनाइएको बैंकको दाबी छ ।  नयाँ एप्रोचले देशहरुको लगानी वातावरणमापन गर्न पूर्ण अनि तिख्खर उपायहरु अपनाउन  बैंकलाई सक्षम बनाएको विश्व बैंकका प्रमुख अर्थशास्त्री इनदरमिमत गिलले भनेका छन् । अहिले समग्र अर्थतन्त्रमा सुस्ती छाइरहेको समयमा यो अति नै अति नै जरुरी भएको गिलको भनाइ छ ।  विजनेश रेडी विश्व बैंकका विज्ञहरु, सरकार, निजी क्षेत्र, नागरिक समाज समूह, कामदारका लागि आवाज उठाउनेहरुको सुझावमा तयार पारिएको बताइएको छ । डेटामा चलखेल भयो भनेर डुइङ विजनेश निकै आलोचित बनेको थियो । नयाँ शृङ्खलालाई डेटाहरुको शुद्धता मुख्य विषय रहेको छ ।  अबदेखि बैंकले प्रतिवेदनका क्रममा निजी क्षेत्रका साथसाथै उद्यमी, कम्पनी मालिक र व्यवस्थापकहरुमाझ गरिएको सर्वेक्षण समेत सबै कच्चा डेटा, अंक, अनि अंक निकाल्न गरिएको हिसाब समेत सबै कुराहरु सार्वजनिक गर्नेछ । डुइङ विजनेश विवादको केन्द्रमा रहेको व्यवसायिक वातावरण सूचकलाई ब्यूताउने कि नब्यूताउने भन्ने विषयमा भने विश्व बैंकका अधिकारीहरुले अझै पनि बहस गरिरहेका छन् ।  पहिलो प्रतिवेदन ल्याउनु अघि यसबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ । विश्व बैंक २ दशकसम्म डुइङ विजनेश प्रतिवेदन सार्वजनिक गर्यो । वैदेशिक लगानी गर्दा व्यवसायहरुले बैंकको डुइङ विजनेश प्रतिवेदनलाई एउटा भरपर्दो आधारको रुपमा हेर्दै आएका थिए ।  यस क्रममा विश्वका विकासोन्मुख र विकसित अर्थतन्त्रहरुमा झन्डै ४ हजार नियामक सुधारहरुमा समेत प्रतिवेदनले सधाएको थियो । एजेन्सी

पैचो पसलले पायो यस वर्षको ‘एग्री विजनेश’ तर्फको एचआरएम कर्पोरेट अवार्ड

यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड पैचो पसल प्रालिले  पाएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पैचो पसल प्रालिलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरिएको हो । ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले प्रदान गरेको उक्त अवार्ड प्रालिका सञ्चालक समिति सदस्य राजन पौडेलले ग्रहण गरेका छन् ।कर्पोरेट क्लबले निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्था तथा व्य

विजनेश पाए पनि महाअभियोग सिफारिस समिति चुपचाप

३० साउन, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने जम्मेवारी पाएको महाअभियोग सिफारिस समितिको पहिलो बैठक नै बस्न सकेको छैन। विजनेश नपाउँदा खै विजनेश भनेर प्रश्न गर्ने समितिका सदस्यहरु विजनेश पाएपछि एक पटक पनि एकै ठाउँमा भेला हुने वातावरण बन्न नसकेका कारण पहिलो बैठक नै बस्न नसकेको स्वमं समितिका सदस्यहरु बताउँछन् । १ […]

जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी

विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी गरेको छ । नेपालमा क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दुई चरणमा १० लाख अमेरिकी डलर प्राप्त गरेको हो । विजनेश अक्सिजनले जेनेसमा २०२१ जुनमा पहिलो चरण लगानी गरेको थियो । विजनेश अक्सिजन प्रालि (बीओटु) नेपालको पहिलो निजी ‘इक्विटी फन्ड’ हो र यो इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आईएफसी) को...

नेपाल यूएई विजनेश काउन्सिल स्थापना

काठमाडौं, मंसिर ९ । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा काउन्सिल स्थापना गरेको हो । यूएईमा नेपालबाट कस्तो व्यापार विस्तार गर्न र यूएईबाट नेपालमा कुन कुन क्षेत्रमा लगानी भित्र्याउ सकिन्छ त्यसको योजना काउन्सिलले गर्ने बताइएको […]

विश्व बैंकको ‘डुइङ विजनेश रिपोर्ट’ अब प्रकाशित नहुने

३ असोज, काठमाडौं । विश्व बैंकले हरेक वर्ष प्रकाशित गर्ने ‘डुइङ विजनेश रिपोर्ट’ अब प्रकाशनमा नआउने भएको छ । विश्वका धेरै मुलुकले यो प्रतिवेदनको विरोध गर्दै आएका थिए । शुक्रबार विश्व बैंकले एक विज्ञप्तिमार्फत यस्तो प्रतिवेदन अब ननिकाल्ने निर्णय भएको जानकारी गराएको हो । तथ्यांक उपलब्ध हुने मुलुकलाई समेटेर ती देशको आर्थिक तथा व्यावसायिक सूचकसहितको […]

निषेधाज्ञामा होटल खोलेको भन्दै युनाइटेड विजनेश होटलका सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौँ । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ […]