विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण हुने

मोरङ । प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमति पत्र लिने गरेका थिए […]

सम्बन्धित सामग्री

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्।...

सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक जना पक्राउ

५ पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्‍ने ५० वर्षीय राज कुमार थापा रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले  पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर […]

२६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि विभाग पठाइयो

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ ओटा सवारी चालक अनुमति पत्रहरू निलम्बनका लागि बुधबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो । निलम्बनका लागि पठाइएका  मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को

डडेलधुराबाट लाईसेन्स वितरण हुने

डडेलधुरा । डडेलधुराबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) पाईने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन गर्नु भएपछि अब डडेलधुराबाट सवारी चालक अनुमति पत्र पाईने भएको हो । साउन १७ गतेदेखि मसान्तसम्म लिखित परिक्षा गरिएको थियो । प्रयोगात्मक परीक्षाको लागि ३ सय ४३ जनाको आवेदन […]

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन खुल्यो, नयाँ मापदण्ड लागू हुने

काठमाडौं – सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ । कोरोना भाइरसका कारण वैशाख १६ गतेदेखि रोकिएको आवदेन आजबाट खोलिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालका अनुसार सेवाग्राहीले आजबाटै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई […]

ट्रायल पास गर्नासाथ परिक्षणकालिन सवारी चालक अनुमति पत्र

प्रदीप आचार्यबुटवल । लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको हो । पाल्पाका बिजय आर्चायले मोटरसाईकलको ट्रायल कटाउनुभयो । त्यस पछि यातायात ब्यवस्था ,सवारी चालक अनुमतिपत्र कार्यालय बुटवलमा राजश्व बुझाउनुभयो । त्यस लगत्तै उँहाले स्मार्ट […]

यातायातमा सर्भर समस्या : आजको काम शुक्रबारलाई सारियो

काठमाडौं : यातायात व्यवस्था विभाग,सवारी चालक अनुमति पत्र चावहिलले बुधबार दर्ता गर्ने सवारी चालक अनुमति पत्र(लाइसेन्स)काे समय सारेको छ। कार्यालयले सर्भरमा समस्या देखिएपछि नयाँ दर्ता प्रकृया आगामी शुक्रबारका लागि सारेको हो।बुधबार दर्ता गर्न बिहान ६ बजेदेखि नै टोकन लिएर सेवाग्राही पर्खिरहेका थिए। तर, सर्भर नै चलेन। दिनभरि नै सर्भर खुल्ने छाँटकाट नदेखिएपछि समय सारिएको सवारी चालक अनुमति पत्र चावहिलका प्रमुख विष्णुकुमार भट्टराईले जानकारी दिए।‘बिहान ९ : ३० बाट नचलेको सर्भर अहिले (तीन बजे)&nb

सवारी चालक अनुमति पत्र ट्रायल २० गतेबाट

काठमाडौँ- यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गते आइतबारबाट सञ्चालन गर्न लागेको जनाएको छ । यसअघि खबरहबसगको कुराकानीमा विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले लकडाउनलका कारण रोकिएका […]

सवारी चालक अनुमति पत्र ट्रायल १८ गतेबाट हुने, नयाँ आवेदन भने अनिश्चित

काठमाडौँ– लकडाउनका कारण ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी बिहीवारदेखि हुने भएको छ । लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ । काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि […]