फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई थप्पड हान्ने डेमिएन टारेललाई त्यहाँको एक अदालतले चार महिनाको कारावास सजाय दिएको छ ।
उनलाई अन्य सजाय पनि दिइएको छ ।
बिहीवार ती २८ वर्षीय व्यक्ति अदालतमा उपस्थित भएका थिए । उनीमाथिको सुनुवाइ निकै द्रुत गतिमा गरिएको थियो । उनीविरुद्ध सार्वजनिक अधिकारीलाई आक्रमण गरेको आरोप छ जसको सजाय अधिकतम तीन वर्षको कारावास सजाय र ४५ हजार युरोको जरिवाना हुन्छ ।
अभियोजनकर्ताहरूले उनका लागि १८ महिनाको कारावासज सजायको मागदाबी गरेका थिए र अन्य जरिवाना पनि लगा...