जुलाई महिना विश्वभर सबैभन्दा तातो महिना, १ लाख २० हजार वर्षको कीर्तिमान तोड्न सक्ने

जुलाई महिना विश्वभर यस वर्षको सबैभन्दा तातो महिना हुने भएको छ । यसपटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड तोड्ने वैज्ञानिकहरूले बताएका छन् । यो महिना सकिन अझै केही दिन बाँकी छ । केही विज्ञहरूका अनुसार यस वर्षको जुलाई महिना विगत एक लाख २० हजार वर्षकै सबैभन्दा तातो महिना साबित हुन सक्छ । युरोप, […]

सम्बन्धित सामग्री

‘स्कर्पियो एन’को बिक्री १ लाख यूनिट पुरा

काठमाडौं । महिन्द्राको सुपरस्टार मोडल स्कर्पियो एनको १ लाख यूनिट बिक्री पुरा भएको छ । सन् २०२२ को जुलाई महिनामा वल्र्ड प्रिमियर भएको स्कर्पियो एन सुरुवातदेखि नै प्रति महिना ८ हजार यूनिट बिक्री भइरहेको हो । स्कर्पियो एनले मिडसाइज एसयूभी सेग्मेन्टमा भारत, दक्षिण अफ्रिका तथा नेपालमा राम्रो बजार पाएको छ । महिन्द्राको स्कर्पियो एनको प्रतिस्पर्धा […]

सामुन्नेमा छ जलवायु महासंकट, नेपालले के गर्ने ?

संयुक्त राष्ट्रसंघ अन्तर्गतको जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानमूलक संस्था ‘आईपीसीसी’ का अनुसार विश्वमा औद्योगिकीकरण सुरु भएयताका २५० वर्षमा पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियसभन्दा माथिले वृद्धि भइसकेको छ । जति वर्षहरू बित्दै गए पृथ्वीको तापक्रमलेे एकपछि अर्को रेकर्ड ब्रेक गर्दैछ । यही वर्षको जुलाई महिना पृथ्वीको औसत तापक्रम १ लाख २० हजार वर्षपछिकै सबैभन्दा उच्च रहेको ‘कोपर्निकस […]

सात महिनामा करिब साढे पाँच लाख पर्यटक

सन् २०२३ को पहिलो सात महिना (जनवरी–जुलाई)मा पाँच लाख ३४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या गत वर्षको

सात महिनमा ५ लाख ३४ हजार पर्यटक भित्रिए

सन् २०२३ को ७ महिना (जनवरी-जुलाई) सम्म ५ लाख ३४ हजार २ सय ७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुनसम्म ४ लाख ७६ हजार ४ सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाई महिनामा मात्र ५७ हजार ७ सय २६ पर्यटक नेपाल आएका छन् । जुनमा ७२ हजार २ सय ५० पर्यटकले नेपाल […]

१ करोड २० लाख डलर लागतमा विद्युत प्राधिकरणको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ ।प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो । काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । साथै त्यहाँ अन्तराष्ट्रिय स्तरको डाटा सेन्टर रहने छ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रुपमा रहने छन् ।‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि २÷३ महिना लाग्ने छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे।केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ ।  प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी  बनाउन ‘डिजिटल एनइए’ अवधारणामार्फत सोही अनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आगामी दिनहरुमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ ।

अमेरिकामा एक महिनामै ६ लाख ७८ हजार रोजगारीको अवसर

संयुक्त राज्य अमेरिकामा फेब्रुअरी महिनामै ६ लाख ७८ हजार जनाले रोजगारी थपिएको छ । समाचार संस्था सीएनएनका अनुसार अमेरिकी रोजगार बजारमा एक महिनामै उक्त जनसंख्याले नयाँ रोजगारी थपिएको हो ।यो गत वर्षको जुलाई यताकै सबैभन्दा धेरै रोजगारी सृजना भएको बताइएको छ । अघिल्लो वर्ष सन् २०२० मा कोरोना महामारीका कारण अमेरिकामा २१ लाख जनाको रोजगार गुमेको थियो ।त्यसयता, निरन्तर सुधार आउँदै एकै महिना ठूलो संख्यामा रोजगारीको अवसर खुलेको बताइएको छ । यसको अर्थ पछिल्लो समय अमेरिकाको रोजगार बजार सुधारोन्मुख अवस्थामा छ ।

कोरोना कालमा पाँच लाख पर्यटकद्वारा लुम्बिनी भ्रमण

भैरहवा-कोरोना कालमै बुद्ध जन्मस्थल लुम्बिनीमा वर्ष २०२१ मा स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी कुल ५ लाख ८ हजार ८ सय ९२ जना पर्यटक आएका छन् ।लुम्बिनी भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक नै छन् । कोरोना भाइरस संक्रमण र जोखिम बढेसँगै २०२१ का ३ महिना मे, जुन, जुलाई पूर्णरुपमा लुम्बिनी क्षेत्र पर्यटकका लागि बन्द […]

२ महिनामै साढे ७ अर्बको पाम तेल निर्यात

काठमाडौं । भारतको प्रतिबन्ध फुकुवा भएपछि प्रशोधित पाम तेलको निर्यातमा उच्च वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्र भारततर्फ रू. ७ अर्ब ५० करोड ६१ लाख बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । परिमाणका आधारमा समीक्षा अवधिमा ४ करोड ३ लाख ४६ लिटर पाम आयल भारततर्फ निकासी भएको विभागको तथ्याङ्कले देखाएको छ । भारत सरकारले गत असार (जुलाई १ तारिख) देखि प्रशोधित पाम आयलको आयात खुल्ला गरेको थियो । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले पाम तेलको आयात खुला गरेको थियो । त्यसपछि नेपालका तेल उत्पादक उद्योगहरूले भारततर्फ पाम आयल निर्यात गर्न थालेका हुन् । गत साउनमा मात्र रू. २ अर्ब १५ करोड ५९ लाखको प्रशोधित पाम तेल निर्यात भएको थियो । भदौमा मात्र रू. ५ अर्ब ३५ करोडको यस्तो तेल निर्यात भएको देखिन्छ । भारतले २०७७ असारदेखि पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको १ वर्षपछि भारतले प्रतिबन्ध फुकुवा गरेपछि नेपालबाट यसको निर्यात हुन थालेको हो । अघिल्लो आव २०७६/७७ मा प्रशोधित पाम आयल नेपालको पहिलो निर्यात योग्य वस्तु थियो । सो आवमा नेपालबाट १८ अर्ब ३१ करोड ७९ लाख रूपैयाँको पाम तेल भारततर्फ निकासी भएको थियो । तर, भारतीय सरकारले त्यसमा प्रतिवन्ध लगाएपछि गत आवमा पाम आयालको निर्यात शतप्रतिशत मात्रामा घटेको थियो । गत आवमा ५ लाख ४५ हजार रूपैयाँको पाम आयल निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङकले देखाएको छ । नेपाली व्यवसायीहरूले मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ निकासी गर्ने गर्छन् । नेपालमा पनि पाम आयल खपत हुने गर्छ । कच्चा पाम आयल ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड हुने व्यवसायीहरूको भनाइ छ ।

निर्माण सम्पन्न भएको ५ महीनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

असार ७, भैरहवा । भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नति कार्य पूरा भएको पाँच महीना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले रू. एक अर्ब ९३ करोड ६३ लाखको लागतमा निर्माण गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।   उक्त कम्पनीले जनवरी १२, २०२० सम्म निर्माण सम्पन्न गर्नेगरी जुलाई १४, २०१७ मा ठेक्का सम्झौतासहित निर्माण कार्य शुरु गरेको भएता पनि तोकिएको समयभन्दा ११ महीना ढिला गरी डिसेम्बर २०२० मा काम सम्पन्न गरेको हो ।  तीन पटकसम्म भेरियसन समेत भएको उक्त ठेक्काको लागत समेत बढेको छ । शुरुवातमा रू. एक अर्ब ९३ करोड ६३ लाख भएपनि पछि विभिन्न कारण देखाई भेरियसन गरिँदा ठेक्का कबोल मूल्य बढेर रू. दुई अर्ब आठ करोड ८४ लाख ५४ हजार पुगेको छ ।  ठेकेदार कम्पनिले नेपाल सरकारसँग बढेको रकम अनुसार भुक्तानी समेत प्राप्त गरिसकेको छ । वर्षौदेखि हुलाकी सडकको रुपमा परिचित रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिवस्तुको तौलिहवा जोड्ने उक्त सडक पर्यटकीय र औद्योगिक हिसाबले बढी महत्वको सडक हो । उक्त सडकखण्डमा एकातिर विश्व पर्यटन बजारको मुख्य केन्द्र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट पर्दछन् भने अर्कोतिर अर्बौ खर्चेर सञ्चालनमा रहेका सिमेन्ट, छड उद्योगहरु पनि त्यही सडकको दाँयाबाँया रहेका छन् ।   सो सडकखण्डअन्तर्गत भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौलिहवासम्म २ लेनको सडक निर्माण भएको हो । एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण भएको हो । उक्त सडक ११ महिना ढिला गरी निर्माण सम्पन्न भएको भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना प्रमुख प्रदीपराज शाक्यले बताए ।  उनले भने, ‘तोकिएको समयभन्दा एघार महीना ढिला सम्पन्न भयो । तीनपटक भेरियसन पनि भयो । एक बर्ष मेन्टीनेन्स पीरियड हुन्छ । छ महीना बितिसक्यो अब आगमी डिसेम्बरमा हस्तान्तरण हुन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीनामै सडक धेरै ठाउमा भासिएको छ । धेरै ठाउमा भत्केको छ । सडक भासिँदा र भत्किदा द्रुत गतिमा गाडी चलाउन मुश्किल भएको लुम्बिनी जाने यात्रु लिएर भैरहवाबाट लुम्बिनी जादैं गरेका ट्याक्सी चालक रामनिवास चाईले भने, ‘बाटोको गुणस्तर कमजोर छ ।  बनेर नसकिँदै भत्किन थालिसकेछ ।’ चाई जस्तै अर्का ट्याक्सी चालक विन्ध्याचल यादवले बाटोको खटपटले गर्दा द्रुतगतिमा गाडी चलाउन नपाएको बताए ।  योजना प्रमुख शाक्यले भने गुणस्तरीयता र सडकको मापदन्डको विषयमा कन्सल्टेन्टको रिर्पोट अनुसार नै काम भएको बताए । उनले भने, ‘कोरोनाका कारण दुई महीनादेखि म सडक निरीक्षण गर्न गएको छैन ।  तर, सडकको गुणस्तरको विषयमा केइसीसी र केडिईसी कन्सल्टेन्टले दिएको रिर्पोट ठीक नै देखिन्छ ।’ निर्माण सम्पन्न भएको पाँच महीना नबित्दै भत्किने सडकको गुणस्तर करोडौं खर्चेर राखिएका कन्सल्टेन्सीले सही छ भनेर रिर्पोट दिनुमा कतै ठेकेदार पक्षसँग मिलोमतो त छैन भनी प्रश्न समेत उठेको छ ।  यता सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी गावर कन्सट्रक्सनका प्रतिनिधि मधु आचार्यले भने, ‘हामी पनि अचम्मै भएका छौं । चिन्तित छौं । बेस राम्रो छ, माथि बिग्रेको हो । मौसम राम्रो भयो भने यो सुधार गर्छौ ।’ उनले सडकमा रहेका विद्युत्का पोल, रुखहरु समयमै नहटाउँदा र ढुंगा गिट्टी बालुवा तथा माटो प्रयाप्त नपाउँदां काममा ढिलाइ भएको स्वीकार गरे ।  ६ लेन सडककोबीच भागमा ‘ग्रिन वेल्ट’, दुई–दुई लेनको सडक र दायाँबायाँ सर्भिसलेन सहितको ‘फुटपाथ’ समेत निर्माण भएको छ । उक्त सडकखण्डमा ३६ ओटा यात्रु प्रतिक्षालयका साथै काटिएका रुखको ठाउँमा ५ हजार १०० रुख रोप्नुपर्ने भएता पनि ती काम भने अझै पूरा भएको छैनन् ।   सडक स्तरोन्नतिपछि यो सडकले तौलिहवा र लुम्बिनी आसपासका अन्य सडकलाई भैरहवा र अन्तरराष्ट्रिय एयरपोर्टसँग जोड्नुका साथै यस क्षेत्रको कृषि, पर्यटक, औद्योगिक तथा बजारीकरणमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ । रासस

यी व्यक्तिले काटिदिए श्रीमतीको ब्वाइफ्रेन्डको यौनांग

काठमाडौं । अमेरिकामा एक व्यक्तिले आफ्नी श्रीमती परपुरुषसँग लागेको थाह पाएपछि श्रीमतीका ब्वाइफ्रेन्डको यौनांग काटिदिएका छन् । अमेरिकाको फ्लोरिडाका एलेक्स बोनिलाले आफ्नी श्रीमतीको प्रेमी रहेको थाह पाएपछि दुवैजनालाई अपहरण गरेका थिए । सो क्रममा एलेक्सेले दुवैजनालाई कुटपिट मात्र गरेनन्, ती पुरुषको यौनांग पनि काटिदिएको डेलिमेलले जनाएको छ। घटनामा दोषी प्रमाणित भएपछि अमेरिकाका एक अदालतले ५१ वर्षका एलेक्सलाई २० वर्षको जेल सजाय सुनाएको छ । एलेक्सले ती व्यक्तिलाई सन् २०१९ को जुलाई ४ मा अपहरण गरेका थिए । फ्लोरिडाको गिलक्रेस्ट काउन्टीको अदालतले गत महिना मात्र एलेक्सलाई यस मुद्दामा पूर्ण रुपमा दोषी पाएपछि २० वर्षको जेल सजाय साथै २ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एलेक्सलाई सन् २०१९ को जुलाईमै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो ।