सरकारको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ। आइतबार (जेठ १५ गते) बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण शनिबार नीति तथा कार्यक्रम पारित गर्नै पर्ने भएको हो।शुक्रबार नै पारित गर्ने तयारी रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण बैठक शनिबार पनि बोलाइएको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय सभाले भने छलफल सकेर शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७८÷७