प्रधान सेनापति महारथी प्रभुराम शर्माले तालिमले कमाण्ड तहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताएका छन् ।
नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा सञ्चालन भएको दशौँ समूहको हाइयर कमाण्ड तथा व्यवस्थापनसम्बन्धी तालिमको जङ्गी अडडमा समापन गर्दै उनले शिक्षार्थीलाई रणनीतिक तथा अपरेसनल तहका नेतृत्वकर्ता, योजनाकार र सल्लाहकारका रूपमा समेत सक्षम बनाउने विश्वास व्यक्त गरे ।
दुई महिला सैनिक अधिकृतसहित ३५ महासेनानीको सहभागिता रहेको उक्त तालिम गत भदौ १३ गते सुरु भएको थ...
महिला सैनिक इन्फेन्ट्री भर्ना लिन थालेको डेढ दशकको इतिहासमा २७ वर्षीया राधिका थापा उच्च स्तरकाे शारीरिक एवं मानसिक क्षमता चाहिने निकै कठिन तालिम पूरा गर्ने पहिलो महिला सैनिक बनिन् । ‘सबै दुःख कहाँ बिलाए कहाँ,’ उनी त्यो क्षण सम्झिन्छन्, ‘केहीछिन त जादुजस्तै लाग्यो । आफूभित्रको इच्छा शक्तिलाई मनमनै धन्यवाद दिएँ ।’
नेपाली सेनाकी जवान राधिका थापा अमलेखगञ्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा सञ्चालित तालिममा सफल हुने पहिलो महिला सैनिक भएकी छिन् । यही १८ कात्तिकदेखि ६ माघसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा...