प्रधान सेनापति महारथी प्रभुराम शर्माले तालिमले कमाण्ड तहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताएका छन् ।
नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा सञ्चालन भएको दशौँ समूहको हाइयर कमाण्ड तथा व्यवस्थापनसम्बन्धी तालिमको जङ्गी अडडमा समापन गर्दै उनले शिक्षार्थीलाई रणनीतिक तथा अपरेसनल तहका नेतृत्वकर्ता, योजनाकार र सल्लाहकारका रूपमा समेत सक्षम बनाउने विश्वास व्यक्त गरे ।
दुई महिला सैनिक अधिकृतसहित ३५ महासेनानीको सहभागिता रहेको उक्त तालिम गत भदौ १३ गते सुरु भएको थ...