भुक्तानीमा नियामकीय प्रविधि :भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई समस्या

संस्था स्थापना र सञ्चालन कानूनद्वारा निर्देशित परिधिभित्र हुने भएकाले संस्थाले गर्ने कार्यहरूलाई नियमन, सुपरिवेक्षण र अनुगमनका लागि नियामकीय निकायहरूको स्थापना गरिएको हुन्छ । ती संस्थाहरूले जारी गर्ने निर्देशन सञ्चालनमा रहने संस्थाहरूले पूर्णरूपमा परिपालना गरेका छन् वा छैनन्, त्यसको आधुनिक प्रविधिको माध्यमबाट सुपरिवेक्षण, अनुगमन र निगरानी गर्ने कार्यलाई नियामकीय तथा सुपरिवेक्षकीय प्रविधि (रेगुलेटरी/सुपरभाइजरी टेक्नोलोजी) भनिन्छ । सुपरभाइजरी टेक्नोलोजी वर्तमान समयमा अपरिहार्य आवश्यकताको रूपमा प्रतिबिम्बित हुँदै आएको छ । उद्योग, व्यापार, व्यवसाय, बंैक वित्तीय संस्था, सूचनाप्रविधि र ऊर्जालगायत संस्थामा प्रविधिको प्रयोगमा क्रमश: वृद्धि भइरहेको छ । विभिन्न प्रकृतिका संस्थाहरूमा कार्य सम्पादन, त्यसको सुपरिवेक्षण र अनुगमन प्रविधिको माध्यमबाट गर्दा छोटोे समय र कम खर्चमा नियामकीय भूमिका निर्वाह गर्न सकिने भएकाले बैंकको नियामकीय प्रविधि र बैंक वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक भुक्तानी सेवाप्रदायक संस्थाहरूले प्रयोग गर्ने प्रविधि तथा ती संस्थाले गर्ने आफ्ना कार्यको सुपरिवेक्षण, नियमन गर्न प्रणालीको प्रयोग अपरिहार्य देखिन्छ ।  नेपाल राष्ट्र बंैक ऐन २०५८ दफा ७९ ले बैंक तथा वित्तीय संस्थाहरूको कामकारबाहीको नियमन गर्ने तथा भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ दफा ४५ बमोजिम भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवाप्रदायक र विद्युतीय माध्यमबाट गरिने कारोबार सञ्चालन गर्न प्रयोग गरिने उपकरणको सञ्चालनका लागि विभिन्न निर्देशन जारी गर्न सक्ने र दफा ४२ बमोजिम संस्था र कारोबारको अनुगमन, निगरानी र निरीक्षण गर्न सक्ने अधिकार रहेको छ ।  बैंक वित्तीय संस्थाहरूले नगद कारोबारको सट्टामा आधुनिक भुक्तानीका उपकरणहरूको माध्यमबाट कारोबार शुरू गर्नुअघि बंैकबाट उपकरण सञ्चालनको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकाले भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ दफा ५ बमोजिम बैंकबाट अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवाप्रदायकको काम गर्न नपाउने कानूनी व्यवस्था छ । ऐनबमोजिम भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवाप्रदायकले गर्ने कारोबार आधुनिक भुक्तानीका उपकरणहरूको प्रयोगमार्फत गर्नुपर्ने व्यवस्था रहेको छ । परम्परागत रूपमा रहेको रकमको ओसारपसारको विकल्पमा जम्मा, भुक्तानी र ट्रान्सफरसम्बन्धी सम्पूर्ण कार्यहरू उपकरणको माध्यमबाटै गर्नुपर्छ वा व्यवस्था मिलाउनुपर्छ । मुलुकमा नेपाल क्लियरिङ हाउस लिमिटेडको स्थापना पछि चेकको प्रयोग र चेक लिएर हिँड्नुपर्ने बाध्यताको अन्त्य भई चेकको सटही तथा राफसाफमा उल्लेखनीय प्रगति प्राप्त भएको छ । साथै अन्य उपकरणहरू आईपीएस, कनेक्ट आईपीएस र एनपीएसको प्रयोगले नगद कारोबारमा उल्लेखनीय कमी आएको छ । ठूलो रकमको कारोबारका लागि बंैकले आरटीजीएस प्रणाली कार्यान्वयनमा ल्याएसँगै विकसित मुलुकमा प्रयोगमा आइरहेका भुक्तानी प्रणालीका उपकरणहरूको प्रयोग र सञ्चालनमा क्रमश: वृद्धि भई कारोबारमा समेत अनुभव गर्न सकिने गरी प्रगति देखिएको छ ।  प्रविधिमा अत्यधिक लगानी, प्रतिस्पर्धा, छोटो समयमा प्रविधिमा फेरबदल हुने तर ग्राहकको बानीमा परिवर्तन गर्न समय लाग्ने भएकाले लगानीको तुलनामा अत्यन्त कम प्रतिफल प्राप्त हुने तर कारोबारमा चुनौती थपिँदै गएकाले सेवाप्रदायक संस्थाहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् । शहरी इलाकाका साथै ग्रामीण भेकसम्म सानो रकमको ट्रान्सफर भुक्तानी र प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले वालेटमार्फत कारोबार गरी वित्तीय पहुँच अभिवृद्धि, समय र लागतको बचत, र कारोबारमा जोखिम कम गर्न वालेट सञ्चालन गर्ने कम्पनी र भुक्तानी प्रणाली सञ्चालकको स्थापना भई सञ्चालनमा आइसकेका छन् । वालेटमार्फत हुने कारोबारबाहेक विद्युतीय माध्यमबाट गरिने अन्य उपकरणहरूमार्फत गरिने कारोबार सीधै बंैक खाताका माध्यमबाट सम्पन्न हुने भएकाले सानो रकम र कारोबार बैंक खाताबाटै गर्नुभन्दा वालेटमा रकम ट्रान्सफर गर्ने र सोही वालेटमार्फत भुक्तानी र ट्रान्सफर गर्दा कारोबारमा सहज हुन्छ । यसबाट जोखिमलाई न्यून गर्न पनि सकिन्छ ।  सन् २००८ मा विश्वमा देखिएको वित्तीय संकटपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले कारोबार सञ्चालन गर्दा नियामकीय प्रविधिको प्रयोग गर्नुपर्ने र त्यसको निरीक्षण पनि प्रविधिमार्फत गर्नुपर्ने विचार विकसित भएकाले विभिन्न उपकरणको अनुसन्धान र परीक्षण हुँदै आएको छ । नियामकीय प्रविधिअन्तर्गत संस्था सञ्चालनको लागि पूँजी विनियोजन, पारदर्शिता, तनाव परीक्षण, नगद प्रवाह, जोखिमको वर्गीकरण, सुरक्षा, वित्तीय अपराधको निरन्तर अनुगमन, व्यावसायिक असर विश्लेषण, संकट समाधान, दुर्घटना, समस्या व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीसमेतमा प्रविधिको प्रयोग गरी नियमन गर्दा वित्तीय संकट समाधान गर्न सहयोग पुग्ने देखिएको छ बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई प्रणालीगत हार्डवेयर, सफ्टवेयर, कारोबार सीमा, संस्थागत सुशासन, ग्राहकहित संरक्षण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानीसम्बन्धी विविध निर्देशनहरू जारी गरेकाले कार्यान्वयन जानकारीका लागि स्थलगत, गैरस्थलगत सुपरिवेक्षण गरिरहेको हुन्छ । पत्रमार्फत जानकारी लिने/दिने अवस्थाको अन्त्य गर्न बैंक र सेवाप्रदायक संस्थाहरूले निर्देशनहरूको कार्यान्वयन अवस्था र संस्थाहरूले विविध उपकरणहरूमार्फत गरिरहेको कारोबार विवरण ड्याशबोर्डमार्फत प्राप्त गर्नसक्ने अवस्थाको सृजना भएमा जोखिम न्यूनीकरण गर्न सहज हुने देखिएको छ । विद्युतीय माध्यमबाट गरिने कारोबारको निरन्तर निगरानी सुपरभाइजरी टेक्नोलोजीको माध्यमबाट विवरणको प्राप्ति र अध्ययन गरी प्रतिवेदन तयार गर्ने प्रणालीको विकास र कार्यान्वयन गर्दा निर्देशनको सफल कार्यान्वयन, कारोबारमा जोखिम न्यूनीकरण, वित्तीय स्थायित्व र पारदर्शिताको विकास भई सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न तथा बैंकले लिएको उद्देश्य परिपूर्ति गर्न सहज हुने देखिन्छ ।  नियामकीय निर्देशनहरूको कार्यान्वयन प्रगतिको मूल्यांकनका लागि संस्थाहरूसँग पहुँच विस्तार र उपकरणमा गरिने लगानीको अतिरिक्त नियामकीय टेक्नोलोजीमा पनि लगानी गर्नुपर्ने हुन्छ । प्रविधिमा शुरूमा धेरै लगानी गर्नुपर्ने भए पनि जनशक्तिमा गरिने लगानीभन्दा भविष्यमा सस्तो हुने देखिन्छ । कारोबारमा जोखिम वृद्धि हुने सम्भावना रहेकाले समयमै जोखिमलाई न्यूनीकरण गर्न सकिएन भने विश्वसनीयतामा कमी आई संस्था सञ्चालनमा समेत असर पर्छ । कारोबार संख्या र सीमा, सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन र कारोबारको सुरक्षाका लागि गुणस्तरीय निगरानी आवश्यक पर्छ । ठूलो संख्यामा रकमको कारोबार हुने भएकाले त्यसको निगरानी जनशक्तिबाट तोकिएको समयमा गर्न नसकिने र सोबाट संख्या निर्देशन उलंघन हुने भएकाले सुरक्षाका लागि समेत प्रणालीगत सुपरिवेक्षण आवश्यक देखिएको छ ।  मुलुकमा भुक्तानी सेवाप्रदायक संस्थाहरूको संख्या बढी भएको र लगानीको अभावमा ती संस्थाले बैंकबाट अनुमतिपत्र प्राप्त गर्दा तोकिएका शर्तबमोजिम कार्य गर्न सकेका छैनन् । बैंक वित्तीय संस्थाहरूले पनि विद्युतीय माध्यमबाट गरिने उपकरणको प्रयोग गरी वालेट कम्पनीहरूले जस्तै सेवा प्रदान गरिरहेकाले बंैकहरूसँग ग्राहक लगानी र प्रणालीगत क्षमता बढी हुँदा सेवाप्रदायक संस्थाहरूले प्रतिस्पर्धा गर्न कठिन छ । प्रविधिमा अत्यधिक लगानी, प्रतिस्पर्धा, छोटो समयमा प्रविधिमा फेरबदल हुने तर ग्राहकको बानीमा परिवर्तन गर्न समय लाग्ने भएकाले लगानीको तुलनामा अत्यन्त कम प्रतिफल प्राप्त हुने तर कारोबारमा चुनौती थपिँदै गएकाले सेवाप्रदायक संस्थाहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् । भुक्तानी सेवाप्रदायक संस्थाहरूको चुक्ता पूँजी न्यून र कारोबारबाट प्राप्त हुने शुल्कसमेत कम भई अधिकांश संस्थाहरू नोक्सानीमा सञ्चालन भएकाले नियामकीय प्रविधि र कारोबारको निगरानी सुपरभाइजरी प्रविधिबाट गर्न उत्साहित देखिएका छैनन् । तर, ती संस्थाले विद्युतीय उपकरणमार्फत कारोबार गर्ने हुँदा तिनीहरूको नियमन र निगरानी प्रविधिमार्फत नै गर्नुपर्ने बाध्यात्मक अवस्था छ । बैंकबाट जारी गरिएको एकीकृत निर्देशन नं ६ को बुंदा नं १६ मा भएको व्यवस्था बैंक वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा उक्त कोषबाट खर्च बेहोर्ने सकिने क्षेत्रहरू बैंकबाट यकीन गरिएको हुँदा भुक्तानी प्रणाली सञ्चालक/भुक्तानी सेवाप्रदायक संस्थाहरूले नियामकीय प्रविधि र सुपरभाइजरी प्रविधिको खरीद र सञ्चालनमा गरिएको खर्चलाई समेत सामाजिक उत्तरदायित्व कोषबाट ब्यहोर्न सकिने क्षेत्र थप भई निर्देशन जारी भएमा संस्थाहरूले प्रविधिमार्फत कारोबार, पहुँच वृद्धि, निर्देशन कार्यान्वयन र निगरानी एवं सुपरिवेक्षण गर्न सहज हुने देखिएको छ ।  लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार व्यक्ति हुन् ।

सम्बन्धित सामग्री

सेवाप्रदायक र नियामक छुट्याऊ

नियामक र सेवाप्रदायक एउटै हुने व्यवस्थाले उड्डयन सुरक्षाको सही नियमन हुन नसकेको भन्दै अन्तरराष्ट्रिय संस्थाहरूले गरेका आलोचनालाई यसले सम्बोधन गर्नेछ र ईयूको कालोसूचीबाट हट्न पनि यस्तो ऐन महङ्खवपूर्ण हुनेछ ।

सेवाप्रदायक र नियामक छुट्याऊ

नियामक र सेवाप्रदायक एउटै हुने व्यवस्थाले उड्डयन सुरक्षाको सही नियमन हुन नसकेको भन्दै अन्तरराष्ट्रिय संस्थाहरूले गरेका आलोचनालाई यसले सम्बोधन गर्नेछ र ईयूको कालोसूचीबाट हट्न पनि यस्तो ऐन महत्वपूर्ण हुनेछ ।

सेवाप्रदायक संख्या १३७ पुग्यो

मुलुकमा इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको संख्या बढेसँगै सेवाप्रदायकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा नौ सेवाप्रदायक कम्पनीहरु थपिएका छन् ।प्राधिकरणले प्रतिस्पर्धी बजारका लागि भन्दै गत आवमा इन्टरनेट तथा इमेल सेवा सञ्चालनका लागि नौ वटा र नेटवर्क सेवाप्रदायकको तीनवटा गरी १२ वटा अनुमतिपत्र जारी गरेको छ । प्राधिकरण […]

इन्टरनेटको मूल्य घट्दैन, सम्भव छैन : इन्टरनेट सेवाप्रदायक

जेठ १८, काठमाडौं । सरकारले बजेटमार्फत इन्टरनेटको मूल्य घटाउने घोषणा गरे पनि त्यो सम्भव नहुने सेवाप्रदायकले बताएका छन् । सरकारले बजेटमार्फत आगामी साउन १ देखि लागू हुने गरी इन्टरनेटमा लाग्ने दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत विन्दुले घटाएको छ । तर, महँगो डलर तिरेर ब्यान्डविथ किन्नुपर्ने बाध्यता देखाउँदै इन्टरनेट प्रदायकले ठूलो मात्रामा मूल्य घटाउन नसकिने बताएका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का अनुसार ३ प्रतिशतको शुल्क कटौतीले इन्टरनेटको मासिक शुल्क १७ रुपैयाँले सस्तो हुन्छ । ‘बजेट भाषणमार्फत दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत विन्दुले घटाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दछौं,’ आइस्पानले बजेट प्रतिक्रियामा भनेको छ । आइस्पानका अनुसार कम्पनीहरूले ग्राहकलाई जारी गर्ने बिलमा इन्टरनेट र मर्मतसम्भार शुल्क आधा आधा हुन्छ । मासिक इन्टरनेट शुल्क ९५०० रुपैयाँ० मा १३ प्रतिशतको साटो १० प्रतिशत दूरसञ्चार सेवा शुल्क लाग्दा ६५ रुपैयाँको ठाउँमा ५० रुपैयाँ पर्नेछ । यस आधारमा ग्राहकले इन्टरनेट शुल्क, त्यसमा लाग्ने दूरसञ्चार सेवा शुल्क र मर्मतसम्भार शुल्क गरी हुन आउने १०६५ मा १३ प्रतिशत भ्याटसहित ११८६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । जबकि हाल १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क हुँदा सोही इन्टरनेट मूल्यमा ग्राहकले १२०३ रुपैयाँ ४५ पैसा तिर्नुपर्ने आइस्पानले जानकारी दिएको छ । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य पनि इन्टरनेटमा ३ प्रतिशत दूरसञ्चार सेवा दस्तुर (टीएससी) घटाइनु स्वागतयोग्य भए पनि यसले मूल्यमा फरक नपर्ने बताउँछन् ।  ‘यसलाई स्वागत गर्नैपर्छ । तर, सरकारले घटाएको यो टीएससी त्यत्ति प्रभावकारी देखिँदैन,’ उनले आर्थिक अभियानसँग भने । इन्टरनेट सेवाप्रदायकले अन्तरराष्ट्रिय ब्यान्डविथ भुक्तानीबापत १०, आयकर ३०, रोयल्टी ४ र ग्रामीण दूरसञ्चार विकास कोषमा २ प्रतिशत गरी अनेक शीर्षकमा कर तिर्छन् ।

विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी 'माई पे' सञ्चालनमा

विद्युतीय भुक्तानी सेवाप्रदायक माई पे सार्वजनिक भएको छ । नेपाली बजारमा वालेटको परिभाषा नै परिवर्तन गर्ने महत्त्वाकांक्षी योजनाका साथ माई पे सुरु गरिएको कम्पनीले बताएको छ ।

फोकसवान पेमेन्ट सोलुसन्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध पहिलो भुक्तानी सेवाप्रदायक

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरण थालनी निम्ति फोकसवान पेमेन्ट सोलुसन्स प्रालिसँग आज सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा फोकसवान पेमेन्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय राजभण्डारी र एनसीएचएलका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।सम्झौतासँगै फोकसवान पेमेन्ट सोलुसन्स, नेशनल पेमेन्ट स्वीचमा जोडिने पहिलो भुक्तानी सेवाप्रदायक बनेको छ । नेशनल पेमेन्ट स्वीचअन्तर्गत पहिलो चरणमा उपलब्ध हुने

रेलवे ढुवानीमा प्रतिस्पर्धा बढाउँदै सेवाप्रदायक

वीरगञ्ज । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् । गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो । रेल सेवा सम्झौता संशोधनमार्पmत भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार तोडिएको थियो । हिन्द टर्मिनलको रेल नेपालका लागि कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन कोन्करले आप्mनो भाडा दर ३० प्रतिशत घटाएको थियो । प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले भाडामा ठूलो कटौती गरिएको भन्दै कोन्करको कदमबाट निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशंका गरिएको थियो । हिन्द टर्मिनलले सेवलाई निरन्तरता दिएको सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बताएको छ । प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले अहिलेसम्म हिन्द टर्मिनलले वीरगञ्ज सुक्खा बन्दरगाहमा सातओटा रेल र्‍याक भित्र्याइसकेको जानकारी दिए । ‘हिन्द टर्मिनलले ७ ¥याक कन्टेनर ढुवानी गरिसकेको छ । अन्य कम्पनी पनि सेवा दिने अन्तिम तयारीमा छन्,’ मोहनले आर्थिक अभियानसित भने । हिन्द टर्मिनलले अहिलेसम्म ६३० ओटा कन्टेनर वीरगञ्ज बन्दरगाहमा ल्याइसकेको छ । प्रिस्टाइन भ्यालीको मुख्य साझेदारका रूपमा रहेको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूह पनि कन्टेनर ढुवानीको तयारीमा छ । शुरूमा कोन्करकै हाराहारीमा ढुवानी भाडा तोकेका अन्य कम्पनीले भाडा घटाएका छन् । तर, २ महीना बितिसक्दा पनि नेपाली आयातमा त्यसको लाभ भने नदेखिएको आयतकर्ताले बताएका छन् । सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्म ढुवानी दिने र रेल भाडाको लेनदेन कोन्कर र सिपिङ कम्पनीबीच हुने भएकाले नेपालको वैदेशिक व्यापारमा लाभ नदेखिएको हो । सिपिङ कम्पनीले आयातकर्तालाई वीरगञ्जसम्मकै भाडाको बिल दिने गरेका छन् । कोन्करले भाडा घटाए पनि सिपिङ कम्पनीको बिल नघटेको आयातकर्ता प्रदीप केडिया बताउँछन् । ‘कोन्करले भाडा घटाए पनि त्यसको लाभ नेपालको आयातनिर्यात व्यापारले पाएन । सिपिङ कम्पनी र सिपरले फाइदा उठाइरहेका छन्,’ केडियाले भने । कोन्करले आगामी मार्च ३१ सम्मका लागि भाडा घटाएको थियो । कोन्करले भारतको कोलकाता र विशाखापत्तनम् दुवै बन्दरगाहबाट हुने कन्टेनर ढुवानीमा भाडा घटाएपछि अन्य प्रतिस्पर्धी कम्पनीले आयातकर्ता आकर्षित गर्न कोलकाताबाट कस्टम प्रक्रियासहित वीरगञ्जसम्म ढुवानी दिने तयारी थालेका छन् । निजी रेल सेवा प्रदायकले कस्टम हाउस एजेन्टको समेत काम गर्न पाउने गरी कोलकाता बन्दरगाह भन्सारलाई आग्रह गरिएको ती कम्पनीका अधिकारीहरूले बताएका छन् । यो प्रक्रियामा कोलकातासम्म ल्याइएका कन्टेनरलाई कोलकाता भन्सारको प्रक्रिया पूरा गरेर इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम लगाएर निजी रेल सेवा प्रदायकले वीरगञ्जसम्म पुर्‍याइदिन्छन् । यसमा भन्सार प्रशासन सहमत भएको र स्वीकृतिको अन्तिम चरणमा रहेको निजी रेल सेवा प्रदायकले बताएका छन् । सीआईएफ वीरगञ्जको सट्टा कोलकातामा कन्टेनर ल्याउँदा आयातकर्ताले प्रतिस्पर्धाको फाईदा लिनसक्ने सम्भावना बढी हुने व्यवसायी ओमप्रकाश मोरको विश्वास छ । रेल ढुवानी सेवामा प्रतिस्पर्धाको लाभ अहिलेसम्म नेपालको वैदेशिक व्यापारले उठाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् । ढुवानीमा प्रतिस्पर्धाको लाभ उठाउन एओबी प्रणालीमा मालसामान मगाउनुपर्ने टेमानी बताउँछन् ।

विद्युत् प्राधिकरणले तार काटेको भन्दै इन्टरनेट सेवाप्रदायक आन्दोलनमा

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट तथा केबुल टिभीका तारहरू काट्न थालेपछि सेवाप्रदायक आन्दोलित बनेका छन् । चितवनमा बिजुलीको पोलको भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने सेवाप्रदायक संस्थाहरूको विद्युत् प्राधिकरण भरतपुर...

सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवाप्रदायक अनुमति

काठमाडौं (अस) । राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवाप्रदायकसम्बन्धी काम गर्न अनुमति दिएको छ । अनुमतिपछि कम्पनीले बचतकर्ता÷ग्राहकका लागि आफ्नै मोबाइल बैंकिङ एपमार्फत मोबाइल बैंकिङ सेवा सञ्चालन गर्नेछ । ग्राहकले गुगलको प्ले स्टोर तथा एप्पल एप स्टोरबाट मोबाइल बैंकिङ एप डाउन लोड गर्न सक्नेछन् । संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्बाजस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले १५ शाखाबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

एनसेल र भायानेटको सहकार्यमा बिहीवार विशेष अफर घोषणा हुँदै

निजी इन्टरनेट सेवाप्रदायक भायानेट र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आउँदो बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् । यसरी कुनै इन्टरनेट सेवाप्रदायक र टेलिफोन कम्पनीको सहकार्यमा ग्राहकका लागि अफर ल्याउने तयारी सम्भवतः यो नै पहिलोपटक […]