रेलवे ढुवानीमा प्रतिस्पर्धा बढाउँदै सेवाप्रदायक

वीरगञ्ज । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् । गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो । रेल सेवा सम्झौता संशोधनमार्पmत भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार तोडिएको थियो । हिन्द टर्मिनलको रेल नेपालका लागि कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन कोन्करले आप्mनो भाडा दर ३० प्रतिशत घटाएको थियो । प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले भाडामा ठूलो कटौती गरिएको भन्दै कोन्करको कदमबाट निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशंका गरिएको थियो । हिन्द टर्मिनलले सेवलाई निरन्तरता दिएको सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बताएको छ । प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले अहिलेसम्म हिन्द टर्मिनलले वीरगञ्ज सुक्खा बन्दरगाहमा सातओटा रेल र्‍याक भित्र्याइसकेको जानकारी दिए । ‘हिन्द टर्मिनलले ७ ¥याक कन्टेनर ढुवानी गरिसकेको छ । अन्य कम्पनी पनि सेवा दिने अन्तिम तयारीमा छन्,’ मोहनले आर्थिक अभियानसित भने । हिन्द टर्मिनलले अहिलेसम्म ६३० ओटा कन्टेनर वीरगञ्ज बन्दरगाहमा ल्याइसकेको छ । प्रिस्टाइन भ्यालीको मुख्य साझेदारका रूपमा रहेको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूह पनि कन्टेनर ढुवानीको तयारीमा छ । शुरूमा कोन्करकै हाराहारीमा ढुवानी भाडा तोकेका अन्य कम्पनीले भाडा घटाएका छन् । तर, २ महीना बितिसक्दा पनि नेपाली आयातमा त्यसको लाभ भने नदेखिएको आयतकर्ताले बताएका छन् । सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्म ढुवानी दिने र रेल भाडाको लेनदेन कोन्कर र सिपिङ कम्पनीबीच हुने भएकाले नेपालको वैदेशिक व्यापारमा लाभ नदेखिएको हो । सिपिङ कम्पनीले आयातकर्तालाई वीरगञ्जसम्मकै भाडाको बिल दिने गरेका छन् । कोन्करले भाडा घटाए पनि सिपिङ कम्पनीको बिल नघटेको आयातकर्ता प्रदीप केडिया बताउँछन् । ‘कोन्करले भाडा घटाए पनि त्यसको लाभ नेपालको आयातनिर्यात व्यापारले पाएन । सिपिङ कम्पनी र सिपरले फाइदा उठाइरहेका छन्,’ केडियाले भने । कोन्करले आगामी मार्च ३१ सम्मका लागि भाडा घटाएको थियो । कोन्करले भारतको कोलकाता र विशाखापत्तनम् दुवै बन्दरगाहबाट हुने कन्टेनर ढुवानीमा भाडा घटाएपछि अन्य प्रतिस्पर्धी कम्पनीले आयातकर्ता आकर्षित गर्न कोलकाताबाट कस्टम प्रक्रियासहित वीरगञ्जसम्म ढुवानी दिने तयारी थालेका छन् । निजी रेल सेवा प्रदायकले कस्टम हाउस एजेन्टको समेत काम गर्न पाउने गरी कोलकाता बन्दरगाह भन्सारलाई आग्रह गरिएको ती कम्पनीका अधिकारीहरूले बताएका छन् । यो प्रक्रियामा कोलकातासम्म ल्याइएका कन्टेनरलाई कोलकाता भन्सारको प्रक्रिया पूरा गरेर इलोक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम लगाएर निजी रेल सेवा प्रदायकले वीरगञ्जसम्म पुर्‍याइदिन्छन् । यसमा भन्सार प्रशासन सहमत भएको र स्वीकृतिको अन्तिम चरणमा रहेको निजी रेल सेवा प्रदायकले बताएका छन् । सीआईएफ वीरगञ्जको सट्टा कोलकातामा कन्टेनर ल्याउँदा आयातकर्ताले प्रतिस्पर्धाको फाईदा लिनसक्ने सम्भावना बढी हुने व्यवसायी ओमप्रकाश मोरको विश्वास छ । रेल ढुवानी सेवामा प्रतिस्पर्धाको लाभ अहिलेसम्म नेपालको वैदेशिक व्यापारले उठाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् । ढुवानीमा प्रतिस्पर्धाको लाभ उठाउन एओबी प्रणालीमा मालसामान मगाउनुपर्ने टेमानी बताउँछन् ।