दाङ– स्कूल बसको ठक्करबाट प्यूठानमा डेढ वर्षीय बालकको मृत्यु भएको छ। रा १ प ८८१ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते प्यूठान नगरपालिका वडा नं. ४ का डेढ वर्षीय यूनिक कार्कीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो। आइतबार दिउँसो प्यूठान नगरपालिका वडा नं. ७ पुन्यखोलास्थित लर्निङ हेवन स्कूलको बसको ठक्करबाट बालक गम्भीर घाइते भएका […]