गौर : रौतहटमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु भएको छ। रौतहटको बागमतीस्थित चन्द्रनिगाहपुर-बागमती सडक खण्डको पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु भएको हो।बसको ठक्करबाट चन्द्रपुर वडा नं-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दम्पतीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट टाउकोम