काठमाडौं (अस) । नबिल बैंकले आइतबार एकै दिन जरंखु, शंखमूल, ठैब र गोंगबु जालपामा गरी काठमाडौं उपत्यकामा एकै दिन चार शाखा विस्तार गरेको छ । नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रूपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगर– १० शंखमूलका कार्यवाहक वडाध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रूपमा शंखमूल शाखा उद्घाटन गरे ।
यस्तै, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रूपमा ठैब शाखा तथा बैंक सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रूपमा गोंगबु जालपा शाखा उद्घान गरेको बैंकले बताएको छ । बैंकले उपत्यकामा विस्तार गरिएका चार वटै शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने जनाएको छ ।