धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।कम्पनीले सोमबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरेको छ। हुलासका बिक्री प्रबन्धक अशोक सिंहको उपस्थितिमा शाखाको उद्घाटन गरिएको हो। उक्त कार्यक्रममा यस क्षेत्रका डिलर तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो।