काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यो बैंकको २०४औं शाखा हो । मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।