वाणिज्य विभागमा नयाँ नेतृत्व

डेढ महिनादेखि नेतृत्वविहीन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महानिर्देशक पाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ विभागको महानिर्देशक नियुक्त हुुनुुभएको छ । उक्त मन्त्रालयमा आपूर्ति महाशाखा प्रमुखका रूपमा लामो अनुुभव बटुुल्नुभएका श्रेष्ठलाई सचिवस्तरीय निर्णयबाट आइतबारदेखि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो । तत्कालीन महानिर्देशक प्रकाश पौडेल सरुवा भएपछि विभाग डेढ महिनादेखि नेतृत्वविहीन हुँदा विभागका अनुुगमनलगायतका महŒवपूर्ण काम प्रभावित भएका थिए । उपभोक्ताका लागि अर्धन्यायिक निकायका रूपमा रहेको विभागमा मुख्य चाडपर्वको समयमा नेतृत्वविहीन बनाइएको भन्दै उपभोक्ता अधिकारकर्मी सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

सम्बन्धित सामग्री

बौरिँदै वीर अस्पतालको मुटु विभाग

वीर अस्पतालका चारजना युवा उत्साही मुटुरोग विशेषज्ञ (डा समिर पौडेल, डा कुन्जान शेर्पा, डा विनायक गौतम र डा प्रभा चापागाईं कोइराला), अस्पतालको नेतृत्व र मुटुरोग विभागमा कार्यरत कर्मचारीको सामूहिक प्रयासले मुटुरोगको उपचार सेवा बौरिन थालेको छ। वीरमा ‘मुटुको सेवा नभएको’ भन्ने कुरालाई समेत उनीहरुले इतिहास बनाएको एक वर्ष पूरा भएको  छ।

आरजूको आक्रोश, 'आफूहरू भोट हाल्न मात्रै पार्टीका विभागमा बसेको हो ?'

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा. आरजु राणा 'देउवा'ले पार्टीको महासमिति बैठकमा  महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छिन्।बिहीवार काठमाडौँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन्।उनले पार्टीको

देउवाले विभाग गठनको सुरुवातमा इतर समूहलाई दिएनन् ४० प्रतिशत हिस्सा

१६ वटा विभाग गठन गर्दा देउवाले १२ वटा विभागमा आफ्नाे पक्षका नेतालाई जिम्मेवारी दिएका छन् । संस्थापनइतर समूहलाई ४ वटा विभागको नेतृत्व दिएका छन् ।

नेपालमा सडक दुर्घटनाको रोकथामका लागि अनुसन्धान सुरु

एउटाले स्थानीय र प्रादेशिक सरकारको तहमा सडक सुरक्षाको लागि नेतृत्व र कार्यलाई समर्थन गर्नेछ, अर्कोले सार्वजनिक यातायातको सुरक्षामा सुधार गर्ने लक्ष्य राखेको छ भने तेस्रोले सडक दुर्घटनाका घाइतेहरूलाई उनीहरुको स्वास्थ्य, जीवनको गुणस्तर र आम्दानीमा पर्नसक्ने प्रभावलाई कम गर्न अस्पताल पूर्व र अस्पतालको आपतकालीन विभागमा कसरी उत्कृष्ट स्वास्थ्य स्याहार प्रदान गर्ने भन्नेबारे अन्वेषण गर्नेछ।

राजस्व अनुसन्धान विभाग : छोटो समयमै नेतृत्व फेरिँदा कार्यसम्पादनमा असर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागमा छोटो समयमै नेतृत्व परिवर्तन भइरहँदा कार्यसम्पादनमा असर परेको छ । पछिल्लो समय विभागको महानिर्देशक बनेका मदन दाहाल जिम्मेवारी सम्हालेको चार महीना नपुग्दै सरुवा भएका छन् । २ वर्षमा विभागमा चार महानिर्देशक परिवर्तन भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभागका महानिर्देशक झलकराम अधिकारीलाई गत कात्तिकमा फिर्ता बोलाएको थियो । गत असारमा महानिर्देशकमा नियुक्त अधिकारीलाई साढे ४ महीनामै मन्त्रिपरिषद् कार्यालय झिकाएर दाहाललाई महानिर्देशक बनाइएको थियो । देउवा नेतृत्वको सरकारले महानिर्देशक बनाएको ९ महीनामै प्रकाश पौडेललाई फिर्ता बोलाएको थियो । पौडेलको पालामा महान्यायाधिवक्ताको असहमति हुँदाहुँदै पनि बोटलर्स नेपालको कर छली प्रकरणमा मुद्दा दायर भएको थियो । पौडेलअघि विभागमा महानिर्देशक रामप्रसाद आचार्य थिए । उनको पनि ७ महीनामै सरुवा भएको थियो । पटकपटक महानिर्देशक परिवर्तन हुनुलाई विभागका कर्मचारी असामान्य मान्छन् । तीन महीनाअघि दाहाल महानिर्देशक बनेपछि भन्सारमा हुने राजस्व छलीमा कडाइ गरेका थिए । भन्सारमा कडाइ गरिएसँगै दाहालको सरुवा गर्न विभिन्न समूह लागिपरेका थिए । महानिर्देशक दाहालका अनुसार विभागमा तीन महीनामा राजस्व चुहावटतर्फ १९९ ओटा सूचना आएकोमा ६४ करोड ३१ लाख रुपैयाँ मागदाबीसहित ६ ओटा मुद्दा दर्ता गरिएको छ । अरू अनुसन्धानको चरणमा छन् । विदेशी विनिमय अपचलनमा ६ ओटा सूचना आएको र ५ ओटा मुद्दा दर्ता भएको विभागले जानकारी दिएको छ । यसमा ५२ लाख ३३ हजार रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भएको छ । दाहाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । यस्तै वेबमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)को प्रयोगकर्ता १ लाख ९० हजार १४२ पुगेको छ । यस्तो अनुगमनबाट ७६ ओटा कम्पनीलाई ५८ लाख १८ हजार रुपैयाँ जरीवाना गरिएको छ । कर र भन्सार छलीसम्बन्धी अनुसन्धान गर्ने जिम्मेवारी पाएको विभागको नेतृत्व पछिल्लो समय छिटो–छिटो परिवर्तन भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्तामा आएसँगै नयाँ सरकारले विभागको नेतृत्वको फेरेको हो । हालसम्म विभागमा आउने महानिर्देशकको टुंगो लागिनसकेको सूचना अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागमा नेतृत्व फेरिरहँदा अस्थिरता पैदा भएको छ । विभागका कर्मचारीका अनुसार नेतृत्व अस्थिर हुनु, कर्मचारीको अभाव, सूचना कम आउनु र विभागको विद्यमान प्रणालीमा सुधार नआउनुजस्ता कारण विभागको मुद्दा दर्तामा समेत अपेक्षित प्रगति हुन सकेको छैन । विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायको रूपमा अर्थ मन्त्रालयअन्तर्गत राजस्व अनुसन्धान विभाग २०५० सालमा स्थापना भएको थियो । प्रारम्भमा कर राजस्व चुहावट सम्बन्धी अनुसन्धान र अभियोजन गर्ने क्षेत्राधिकार पाएको विभागले आर्थिक वर्ष २०६५/६६ देखि गैरकर राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्ने र अभियोजन गर्ने क्षेत्राधिकार समेत प्राप्त गरेको छ ।

राप्रपा नेपालको २९ विभागमा नेतृत्व चयन

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन गरेको छ। अध्यक्ष  थापाले सोमबार पार्टीका २९ विभाग प्रमुख तथा सचिव मनोनयन गरेका हुन्।अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व भने थापा आफैँले राखेका छन्। त्यस्तै अनुशासन विभागको अध्यक्षमा राजीव पराजुली चयन भएका छन्।

राप्रपा नेपालको २९ विभागमा प्रमुख र सचिव मनोनयन, को-को परे ? (सूचीसहित)

काठमाडौं । राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन गरेको छ । अध्यक्ष कमल थापाले सोमबार पार्टीका २९ विभाग प्रमुख तथा सचिव मनोनयन गरेका हुन् । जसमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग नेतृत्व थापा आफैँले राखेका छन् । हेर्नुस् कुन विभागमा को को परे

प्रहरीका चार एआईजीको जिम्मेवारी हेरफेर

सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ । यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ । प्रहरी संगठनमा मानव स्रोत विभागलाई महत्वपूर्ण विभागका रूपमा लिइन्छ । यसअघि पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागमा भने एआईजी प्रद्युम्न कार्कीलाई लगिएको छ । उनी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानम...

त्रिवि शिक्षण अस्पतालमा ग्यास्ट्रो सर्जरीको बेग्लै विभाग स्थापना

विभागको नेतृत्व प्रा डा पलेश्वा जोशी लोखेले गर्नेछिन्। विभागमा प्रा डा भण्डारीसहितको ग्यास्ट्रो सर्जरीका विशेषज्ञ चिकित्सकको टिम हुनेछ।