काठमाडौँ : नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा. आरजु राणा 'देउवा'ले पार्टीको महासमिति बैठकमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छिन्।बिहीवार काठमाडौँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन्।उनले पार्टीको