च्यासल रंगशालामा मनाङ मर्स्याङदीविरुद्ध ३–० को प्रभावशाली जित रच्दै जावलाखेल युवा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को शीर्षस्थानमा उक्लिएको दिन शनिबार दशरथ रंगशालामा खेलपछि भने तनावपूर्ण रह्यो ।डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एनआरटीलाई १–१ मा रोकिएको खेल सकिएलगत्तै मछिन्द्रका खेलाडीहरू रेफ्री श्याम दनुवार, सहायक रेफ्रीहरू सहदेव श्रेष्ठ र मधुकर आचार्यलाई घेर्न पुगे ।