काठमाडौंको बालुवाटार बस्ने बसन्त लामा तारा एयरको क्याप्टेन हुन् । जेठ १५ मा विहान जोमसोम–पोखराको ४ उडान सकेपछि उनले तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर आफ्ना सहकर्मी क्याप्टेन प्रभाकर घिमिरेलाई हस्तान्तरण गरे ।भोलिपल्ट फेरि उनको उडान भर्ने ड्युटी थियो । आइतबारको छुट्टी मनाउन जोमसोम जाने निर्णय गरेर लामा आफैंले हस्तान्तरण गरेको जहाजमा जोमसोम उडे । तर, विडम्बना पोखराबाट उडेको १२ मिनेटपछि ट्विनअटर दुर्घटना हुँदा क्याप्टेन लामा र प्रभाकर घिमिरे दुवैजनाको पोखरा फर्किने