सुर्खेत : चीनसँग जोडिएका डोल्पाका दुई नाका खुला गरिएको छ। चिनियाँ दूतावासले डोल्पाको सिमानासँग जोडिएका दुई नाका खुला भएको एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण भइरहेको समयमा डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको दुई नाकाहरु खुला गरिएको हो।डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने खुङ्ला नाका र डोल्पोबुद्ध र छार्का ताङ्सोङ गाउँपालिकामा पर्ने मर्युम नाका खुला गरिएको छ। डोल्पाको सिमानामा रहेका नाका खुला गर्नको लागि क