नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । दिउँसो ३ बजेपछि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा हुनुका साथै कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय बैठकका एजेण्डाका रुपमा तय गरिएका छन् ।
यस्तै हालै भएको अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए । य...