काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक बिहीबार ३ बजे बस्ने भएको छ। विधान महाधिवेशनको समीक्षा, वडा अधिवेशन, बाढी पहिरो लगायतका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठक ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमालेले जनाएको छ।