पूरा होला दुई वर्षमा लुम्बिनी गुरुयोजना ?

१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो । […]

सम्बन्धित सामग्री

२५ सय ६६औं बुद्धजयन्तीको तयारी पूरा

रूपन्देही । २५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा लिने गर्छन् । बुद्धजयन्तीका कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ । अन्य क्षेत्रमा सौन्दर्यीकरणको काम गरिएको छ । मन्दिर आसपासका पुरातात्त्विकक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका तुल ब्यानर टाँसिएका छन् । आगन्तुकको स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेष रूपमा सजाउने काम गरिएको छ । कोरोना महामारीका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोषले बताएको छ । लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधासहितको सभाहल चार वर्षमा पूरा भएको छ । सो सभाहलकोे प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने बताइएको छ । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहल कोरोना महामारीका कारण एक वर्ष ढिलो सम्पन्न भएको हो । पाँच हजार सिट क्षमताको यो सभाहलको मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो । विसं २०७५ वैशाख १७ गते २५६२ औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गर्नुभएको थियो । कोषका अनुसार छाता शैलीमा निर्माण भएको यो हलमा गर्मीमा चिसो र जाडोमा तातो बनाउन छदेखि आठ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपीएस प्यानल प्रयोग गरिएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सभाहलको कुल लागत करीब रू. साढे ७४ करोड रहेको छ । ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेँलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४७६ ओटा बत्ती जडान गरिएको छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि कोषले दक्षिण एसियाकै नमूना सभाहल निर्माण सुरु गरेको थियो । सन् २०१६ को अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मनाउने क्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । सोही बमोजिम मुलुककै ठूलो सभाहल निर्माणको काम पूरा भएको छ । सभाहलकै नजिक रू. ७५ लाखको लागतमा चारओटा हेलिप्याड निर्माणको कामसमेत सम्पन्न भएको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । ‘लुम्बिनी गुरुयोजना अनुसार कोषको बाटो पार्कसहित तीनओटा हेलिप्याड निर्माणका लागि ठेक्कामा दिएका थियौँ तर, अहिले डिजाइनमा सामान्य परिवर्तन गरी चारओटा हेलिप्याड बनायौँ,’ उनले भने । यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए । रासस

४३ वर्षमा नसकिएको लुम्बिनी गुरुयोजना तीन वर्षमा सकिएला ?

२०७५ मा प्रधानमन्त्री भएपछि ओलीले फेरि तीन वर्षमा गुरुयोजना सक्ने  र त्यसका लागि बजेट अभाव हुन नदिने बताए । तर, उनले भनेझैँ गुरुयोजनाको काम अघि बढेको छैन