एजेन्सी।जुन महिनामा दोस्रो पटक अस्पताल भर्ना भएका बलिउड अभिनेता दिलीप कुमारलाई आज आईसीयुबाट बाहिर निकालिने उनको उपचारमा संलग्न एक डाक्टरले बताएका छन्।उनले दिलीपको अवस्था हाल स्थिर रहेकाले सोमबार आईसीयुबाट निकालिने बताएका हुन्।दिलीप कुमारलाई पहिलो पटक जुन ६ मा फोक्सोमा पानी जमेका कारण अस्पताल भर्ना गरिएको थियो भने गत हप्ता दोस्रो पटक स्वाश्स प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो।