एजेन्सी। भारतीय अभिनेता दिलीप कुमार आज अस्पतालबाट डिस्चार्ज भएका छन्। विगत केही दिनदेखि गम्भीर बिरामी भएका उनी अस्पतालमा उपचारत थिए। स्वास्थ्यमा राम्रो सुधार भएपछि उनी आज अस्पतालबाट घर फर्केका हुन्। उनी आफैले यो जानकारी ट्वीटर मार्फत दिएका हुन्। स्वासप्रस्वासमा समस्या भएपछि दिलीप कुमारलाई जुन ६ का दिन हिन्दुजा खार अस्पतालमा भर्ना गरिएको थियो। ९८ वर्षीय अभिनेतालाई आइसीयूमा राखी उपचार गरिएको