होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा हिरा गौतम सर्वसम्मत चयन भएका छन् । होटल तथा पर्यटन व्यवसायीहरुको मधेस प्रदेशको भेलाले अघिल्लो कार्यकाल गौमतमले निकै कुशलतापूर्वक काम गरेको भन्दै दोश्रो कार्याकालमा समेत भेलाले गौतमलाई पुन अध्यक्षमा चयन गरेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले जानकारी दिए ।
११ पुस, चितवन । कोभिड महामारी अगाडिको जस्तै आन्तरिक पर्यटकको संख्या बढाउन तनहुँको बन्दीपुर गाउँपालिकाले जाऔं हैं बन्दीपुर अभियान सुरु गरेको छ । बन्दीपुर गाउँपालिकाको नेतृत्वमा पालिकाका होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योगीहरुसहितको टोली बन्दीपुरमा आन्तरिक पर्यटकलाई निम्तो बाँड्ने अभियान लिएर मुख्य शहरी क्षेत्रमा पुगेका छन् । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार ठूला शहरबाट आन्तरिक पर्यटकलाई […]
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा […]
१२ फागुन, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको अधिवेशन हुने भएको छ । १७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी […]
होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । बाराको सिमरामा आज भएको संघ पाँचौ साधारणसभाले अध्यक्षमा लम्साललाई चयन गरेको हो । अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धित्तिय उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा गोबिन्द गहतराज, सचिवमा प्रभात सिग्देल, सह–सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा कल्याणी गौतम चयन भएका छन् । यसैगरी सदस्यहरूमा हेमलाल गौतम, सर्जु थापा, जय प्रकाश साह, शर्म
पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले ...
सिमकोट– सदगुरु पैदल मार्गबाट लाप्चातर्फ लागेका छन्। सदगुरुकै चाहनाअनुसार उनको टोली हिँडेर लाप्चातर्फ लागेको हो। उनको टोलीमै रहेका होटल तथा पर्यटन व्यवसायी विजय लामाले बिहीबार सिमकोटबाट लाप्चातर्फ सदगुरुले हिँडेर यात्रा थालेको बताए। उनले सदगुरु हिँडेर १५ किमीको दूरीमा रहेको नाम्खा गाउँपालिकाको हेक्पा खोलासम्म जाने र त्यसपछि हेक्पा खोलाबाट लेकधिंगासम्म मोटरसाइकलमा जाने जानकारी दिए। सो क्षेत्रमा […]
२६ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको खोप लगाएका छन् । होटल मकालुमा मंगलबार ४५० जना व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले होटल व्यवसायी र कर्मचारीहरुलाई खोप प्रथमिकताका साथ उपलब्ध गराइदिन सरोकारवाला निकायसँग माग गरेको थियो । […]
२६ फागुन, वीरगञ्ज । पर्यटन पुनरुत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मूल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार […]