लुम्बिनी प्रदेशमा गठबन्धन दल र विपक्षी एमालेले स्थानीय तह निर्वाचनमा आफूले नै बढी सिट जित्ने दावी गरेका छन् । उनीहरुले आफ्नो पुरानो मत र पार्टीका एजेन्डाका आधारमा लुम्बिनी प्रदेश रहेको १०९ सिटमध्ये आ–आफ्नो दावी गरेका हुन् । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश बुटवलले सोमबार आयोजना गरेको कार्यक्रमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मताधारको अवस्थाबारे संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए ।लुम