बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन सम्पन्न भएको छ । ४४ सामानुपतिकसहित प्रदेशसभामा ११० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।प्रत्यक्ष तर्फको सिट हेर्दा सरकार गठनको लागि बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोलखाको २ वटा क्षेत्रको बाहेक १२ जिल्लाको ६४ वटा क्षेत्रको मतगणना सम्पन्न हुँदासम्म