नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा शुक्रबारदेखि सुुरु हुँदैछ । एमालेका लागि प्रदेश २ अहिले निकै महत्त्वपूर्ण मानिएको छ । एमाले विभाजनपछि प्रदेश २ मा नेकपा एकीकृत समाजवादी बलियो देखिएको छ भने एमाले तुलनात्मक रुपमा निकै कमजोर छ ।एमालेले विभाजनको पीडा कम गर्ने उद्देश्यले प्रदेश २ का अधिकांश वडा र पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । वडा र पालिका अधिवेशन समापनपछि एमाले कार्यकर्ताहरु महाधिवेशनमा सहभागी हुन चितवन जाने तयारीमा जुटेका छन् ।महाधिवेशनमा प्रदेश २ बाट कसले के पदमा उम्मेदवारी दि